एनआरटी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
धरान: साविक विजेता न्युरोड टिम (एनआरटी) बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापालाई ३–१ गोल अन्तरले पराजित गर्दै एनआरटी २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो । एनआरटीकालागी शिशिर लेखी, सरोज घिसिङ र रोहन खड्गीले गोल गरे । काकडभिट्टाका रोबर्ट खोन्जोउले सान्त्वना गोल फर्काएका थिए […]









