स्वास्थ्य/जिवनशैली

हर्क साम्पाङले लगाए उपकुलपतिको कार्यकक्षमा ताला

कार्यालय नै नआएका कामु उपकुलपतिले गरे ११ जनालाई पँजनी सुनसरी : धरानस्थित वीपी कोइराला प्रतिष्ठानको विवाद उत्कर्षमा पुगेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले सोमबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीको कार्यकक्षमा आफैंले ताला ठोकिदिएका छन् । वीपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग […]

स्वास्थ्य/जिवनशैली

दृष्टि नेपाल र नेपाल परिवार नियोजन संघद्वारा यौन तथा प्रजनन स्वास्थ्य सेवा पहुँच सहज बनाउन प्रशिक्षण

धरान: सुनसरीमा लागुपर्दार्थ प्रयोगकर्ता महिला संलग्न ४७० महिलामध्ये केवल २९१ जनाले मात्र यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा सुविधा लिएको तथ्य सार्वजनिक भएको छ। लक्षित वर्गसम्म सेवा पहुँच सहज बनाउने उद्देश्यले दृष्टि नेपाल र नेपाल परिवार नियोजन संघ सुनसरीको संयुक्त आयोजनामा आईतबार धरानमा एकदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो।कार्यक्रम अन्तर्गत सुनसरीका धरान, इटहरी,रामधुनी र बराहक्षेत्र क्षेत्रमा […]

शिक्षा

सिटी मन्टेश्वरी चिल्ड्रेन्स हाउसको १३औँ वार्षिकोत्सव सम्पन्न

धरान–१६ स्थित सिटी मन्टेश्वरी चिल्ड्रेन्स हाउस एण्ड ट्रेनिङ सेन्टर द्वारा आयोजित १३औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न भएको छ। कार्यक्रम २७ चैत्र २०८२ मा याखा भवनमा उत्साहपूर्ण सम्पन्न भएको हो।“From gentle beginnings to confident steps…” भन्ने भावनात्मक सन्देशसहित आयोजित कार्यक्रममा साना बालबालिकाहरूले आफ्नो प्रतिभा, आत्मविश्वास र सिर्जनशीलता प्रस्तुत गरेका थिए।कार्यक्रममा बालबालिकाहरूले नृत्य, गायन, विभिन्न प्रयोगात्मक […]

खेलकुद

धरान गल्फ क्लबको १८ औं अधिवेशनबाट बुद्धिमान सुनुवारको अध्यक्षतामा ११ सदस्य कार्यसमिती

धरान: धरान गल्फ क्लबको अध्यक्षमा बुद्धिमान सुनुवार सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको १८ औं साधारणसभा तथा अधिवेशनबाट सुनुवारको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।शनिबार धरान–१८ स्थित क्लबको सभाहलमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा जितेन्द्र राई, सचिवमा सन्देश राई, सहसचिवमा सुम्निमा लिम्बु र कोषाध्यक्षमा लोकेन्द्र राई सर्वसम्मत चयन भएका छन् ।त्यसैगरी सदस्यहरूमा सुन्दर राई, […]

व्यवसाय

करोड लगानीमा धरानमा ‘युनिफर्म हाउस’ सञ्चालन, एउटै छातामुनि विद्यार्थी सामग्री

धरान: धरानका विद्यार्थीहरुलाई लक्षित गर्दे करोडौंको लगानीमा विद्यार्थीलाई आवश्यक पर्ने सबै सामग्री एउटै छातामुनि उपलब्ध गराउने उद्देश्यसहित ‘युनिफर्म हाउस’ सञ्चालनमा आएको छ।धरान–१२ छाताचोक विश्राभा कम्प्लेक्सको भुईँतल्लामा ‘युनिफर्म हाउस’ शनिबारदेखि सञ्चालनमा ल्याइएको हो।शैक्षिक शत्र २०८२ सुरुवात हुने समयमा १६ जनाको संयुक्त लगानीमा करिब १ करोड रुपैयाँ लागतमा सञ्चालनमा आएको उक्त हाउसमा सस्थागत र सामुदायिक विद्यालयका ड्रेस, […]

समाज

दर्ता नभएको ग्रील व्यवसायीहरुलाई पनि सरकारको मातहतमा ल्याउन स्थानीय सरकार लाग्छ :कावा प्रमुख बेघा

धरान: धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले दर्तावाला व्यवसायीहरूको संरक्षणमा उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए ।शनिबार उद्योग वाणिजय संघ सुनसरीको सभाहलमा संयुक्त गृल उद्योग व्यवसायी संघ को नवौँ अधिवेशन तथा साधारण सभा को उद्धघाटन गर्दे बेघाले दर्ता नभएका व्यवसायलाई नियमनमा ल्याउने अभियान पनि निरन्तरता दिने बताए । उनले भने ‘दर्ता नभएको ग्रील व्यवसायीहरुलाई पनि सरकारको […]

शिक्षा

धरान मन्टेश्वरी एकेडेमीको दिक्षान्त समारोह सम्पन्न

धरान: धरान मन्टेश्वरी एकेडेमी धरान–१ को वार्षिक कार्यक्रम तथा दिक्षान्त समारोह मंगलवार सम्पन्न भएको छ ।मन्टेश्वरीले सोमवार र मंगलवार गरी दुइ दिन सैनिक भवन सभाहलमा वार्षिक उत्सव तथा दीक्षान्त समारोह सम्पन्न गरेको हो ।कक्षा ५ उत्तीर्ण गरी कक्षा ६ मा प्रवेश गरेका २३ जना विद्यार्थीहरूलाई औपचारिक रूपमा दिक्षित गरिएको थियो ।दिक्षित विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि […]

स्वास्थ्य/जिवनशैली

विजयपुर अस्पतालद्वारा एक्वा स्कुललाई सहुलियतमा स्वास्थ्य सेवा

धरान १० स्थित विजयपुर अस्पताल र धरान–१७ स्थित एक्वा डाइनास्टी इंग्लिस स्कुलवीच मंगलबार सहुलियत स्वास्थ्य सेवाको सम्झौता भएको छ । विजयपुर अस्पतालले एक्वा डाइनास्टी इंग्लिस स्कुलका अभिभावक, शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई १० देखि २० प्रतिशतसम्म उपचारमा छुट दिइने सम्झौता भएको हो । स्कुल र अस्पतालवीचमा २० प्रतिशतसम्म छुट दिइने सम्झौता भएको एक्वा स्कुलका विद्यार्थी, अभिभावक, […]

अर्थ/ पर्यटन

‘कोशीमा बिहार उत्सव’ धरानमा, बिहारका पर्यटक भित्र्याउने लक्ष्य

धरान: बिहारका पर्यटक भित्र्याउने लक्ष्यसहित धरानमा दुईदिने ‘कोशीमा बिहार उत्सव २०८२’ आयोजना हुने भएको छ। नयाँ वर्ष २०८३ को अवसर पारेर यही चैत्र २६ र २७ गते धरानको भानुचोकस्थित खुला क्षेत्रमा उत्सव आयोजना गर्न लागिएको हो।कोशी प्रदेश सरकारले निजी क्षेत्रको सहकार्यमा २०८२ साललाई पर्यटन वर्षका रूपमा मनाइरहेको सन्दर्भमा भारतीय पर्यटक लक्षित गर्दै उक्त उत्सव आयोजना […]

समाज

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड धरान शाखाद्वारा मानव सेवा आश्रममा सहयोग

धरान: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड धरान शाखा कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत मानव सेवा आश्रम, धरानमा आश्रित व्यक्तिहरूलाई खाद्यान्न सहयोग वितरण गरेको छ। आज आयोजित कार्यक्रममा आश्रममा रहेका करिब ३६ जना असहाय, अशक्त तथा बेसहारा व्यक्तिहरूका लागि आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा आश्रमका जिल्ला संयोजक निर्मला दर्लामी मगर तथा बैंकका धरान शाखा […]

अर्थ/ पर्यटन

कोशी किनारको पर्यटन प्रवर्द्धन गर्न वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ हुँदै

वराहक्षेत्र: कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसर पारेर सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव–२०८२’ आयोजना हुने भएको छ । आयोजक समितिले वराहक्षेत्रको ठाकुरबारीस्थित १२ नम्बर रिसोर्टमा पत्रकार सम्मेलन गर्दै आगामी चैत २५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी र कार्यतालिका सार्वजनिक गरेको हो। महोत्सवको मुख्य उद्देश्य कोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्धन […]