समाज

गायक राजेशपायल सहित ३ जना मध्यरातमा नयाँ बानेश्वरबाट पक्राउ

गायक राजेशपायल राईसहित ३ जना पक्राउ परेका छन् । उनीहरू राति २ बजे काठमाडौँको नयाँ बानेश्वरको देवीनगरबाट पक्राउ परेका हुन् । होहल्ला गरेको आरोपमा पक्राउ परेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले बताए । उनका अनुसार राई लगायतका युवाहरूले रक्सी खाएर होहल्ला गरेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । मापसे गरेर रेस्टुरेन्ट अगाडि आपसमा विवाद […]

समाज

महाकुम्भ मेला स्थल बराहक्षेत्रको चतराधाममा नेबिसंघ सुनसरीद्वारा सरसफाई

बराहक्षेत्र: चैत्र २७ गतेदेखि १ महिनासम्म सुनसरी जिल्लाको प्राचीन हरिद्वार बराहक्षेत्रको चतराधाममा आयोजना हुने बाह्रबर्ष पछिको पुर्ण महाकुम्भ मेलालाई केन्द्रीत गरेर कुम्भ मेला क्षेत्र चतराधाममा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सुनसरी को आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। बराहक्षेत्र नगरपालिकाका मेयर तथा नेपाली कांग्रेस बराहक्षेत्र नगर सभापति रमेश कार्कीको उपस्थितीमा भएको सरसफाई कार्यक्रममा , नेपाली […]

Uncategorized

दमकको राफे रेस्टुरेन्टमा स्थानीय युवाको आक्रमण, कहिले सम्म असुरक्षित हुने व्यवसायीहरू ?

इटहरी : गत शुक्रबार झापाको दमक ६ स्थित मूख्य बजार छेउको राफे रेस्टुरेन्ट एन्डमा केही आपराधिक समूहले आक्रमणको प्रयास गर्यो। राति ११:३० बजे उक्त रेस्टुरेन्टमा अनाधिकृत व्यक्तिको प्रवेश भयो र उनीहरूले होहल्ला तथा रेस्टुरेन्ट तोडफोडको प्रयास गरेको रेस्टुरेन्ट स्रोतले जनाएको छ। अत्यधिक मदिराको सेवन गरि ढुंगाले हानेर रेस्टुरेन्टको झ्याल फुटाएपछि रेस्टुरेन्टका सञ्चालक मिलन तामाङले इलाका […]

Uncategorized

एकतर्फी खुल्यो धरान-तरहरा सडक, दुर्घटनाको जोखिम भने उस्तै

तरहरा धरान सडकको एकतर्फी दुई लेन सडकको कालोपत्रे हुन अब ५ सय मिटर मात्रै बाँकी छ । अन्य स्थानमा कालोपत्रेको काम सकिएको छ । प्यासिफिक कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो। उक्त सडकको एकतर्फी सडक चैत २१ गते साँझबाट खुल्ला भएपछि यातायात व्यवसायी मजदुर तथा यात्रीहरूलाई केही राहत हुने भएको छ । २०८० सालको असार मसान्तसम्म […]

Uncategorized खेलकुद

चैत २३ गते देखि चौथो विक्रम राई स्मृती भेट्रन फुटबल प्रतियोगिता हुने

धरान भेट्रन फुटबल क्लवको आयोजनामा चौथो विक्रम राई स्मृती भेट्रन फुटबल प्रतियोगिता धरान १६ स्थीत धरान रगंशालामा चैत २३ गते शुक्रवार देखि चैत ३० गते सम्म हुने आज पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ। मिनी ब्राजिलको उपनामले चिनिएको धरानमा बालबालिका उमेर समुह देखि चालिस वर्ष काटेका पूर्व वरिष्ठ खेलाडीहरु सम्मिलित विभिन्न फुटवल प्रतियोगिताहरु धरानम […]

सौन्दर्य

महिलाहरूलाई उद्यम तथा रोजगारीका लागि एक महिने ब्युटी पार्लर तालिम

घरेलु तथा साना उद्योग कार्यालय सुनसरीले धरानका २७ जना महिलाहरूलाई उद्यम तथा रोजगारीका लागि एक महिने ब्युटी पार्लर तालिम प्रदान गरेको छ । तालिमको सोमवार समापन कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य ममता तामाङ योञ्जनले उद्यमबाट स्वरोजगार बन्न सिकाई महत्त्वपूर्ण रहेको बताउँदै भनिन् ‘महिना दिन सम्म सिकेको सिपलाई महिलाहरूले सदुपयोग गरी आत्मनिर्भर हुन जरुरी […]

स्वास्थ्य/जिवनशैली

तरुण दल धरानद्धारा रक्तदान कार्यक्रम, ३९ पिन्ट रगत संकलन

धरान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारत विरामीहरुलाई रगत अभाव भईरहेको बेला नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले ३९ पिन्ट रगत संकलन गरेको छ । नेपाल तरुण दल, क्षेत्र नं. १ सुनसरीको आयोजना तथा नेपाल तरुण दल, धरानको व्यवस्थापन र नेपाल रेडक्रस सोसाइटी, सुनसरीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा दर्जनौं यूवाहरुले रक्तदान गरेका […]

समाज

यूवा घेदुङ सुनसरीमा प्रदिप तामाङ्गको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

धरान, १८ चैत्रः नेपाल तामाङ यूवा घेदुङ, सुनसरीको नयां कार्यसमिति चयन भएको छ । नेपाल तामाङ घेदुङ सुनसरीले धरानमा आयोजना गरेको तामाङ यूवाहरुको सम्मेलनले नेपाल तामाङ यूवा घेदुङ, सुनसरीको नयां कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नेपाल तामाङ घेदुङ, सुनसरीका अध्यक्ष पृथ्वीबहादुर मोक्तानको अध्यक्षता तथा नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङको प्रमुख आतिथ्यमा […]

समाज

क्यान्सर पिडितलाई कांग्रेसको सहयोग

धरान, १८ चैत्रः नेपाली कांग्रेसले क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेको छ । क्यान्सर रोगको उपचार गराईरहेकी धरान १९ की कुमारी तामाङ (मार्था) लाई नेपाली कांग्रेसले आर्थिक सहयोग गरेको हो । सामाजिक क्षेत्रमा क्रियाशील उनलाई ६ महिना अघि थर्ड स्टेजको व्रेष्ट क्यान्सर भएको पत्ता लागेको थियो । भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउंदै आएकी उनी हाल चिकित्सकको […]

समाज

सुनसरी रेडक्रसमा उमेश थापाको नेतृत्वमा १७ सद्स्य कार्यसमिती निर्विरोध निर्वाचित

नेपाल रेडक्रस सोसाइटी सुनसरीको ४९औँ जिल्ला अधिवेशनले सभापति उमेश थापा सहित १७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । रेडक्रस सोसाइटीको विधान अनुसार अघिल्लो कार्यसमितिको २ वर्षे कार्यकाल समाप्त भएपछि चैत १३ बाट सुरु भएको निर्वाचन प्रक्रिया हिजो शुक्रवार १६ गते निर्विरोध सम्पन्न भएको निर्वाचन अधिकारी तथा रेडक्रस प्रदेश अध्यक्ष नरेन्द्रप्रसाद पोखरेलले बताए […]