धरान संगीत प्रतिष्ठानले ‘विश्व संगीत दिवस’को अवसरमा विशेष कार्यक्रम गर्ने
धरान: ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान’अन्तर्गत धरान संगीत प्रतिष्ठानले आगामी असार ७ गते शनिबार ‘विश्व संगीत दिवस’लाई विशेष कार्यक्रमका साथ भव्य रूपमा मनाउने भएको छ। धरान–१, भानुचोकस्थित ‘खुला मञ्च’मा आयोजना हुने कार्यक्रममा प्रतिष्ठानका प्रतिभावान विद्यार्थीहरूको प्रस्तुति रहनेछ भने नेपाली संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्याएका बरिष्ठ गायक मिलन सिंह खातीलाई सम्मान गरिने प्रतिष्ठानले जनाएको छ। […]









