आर्थिक

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले प्रादेशिक विकास बैंकको इजाजत प्राप्त


धरानमा मुख्य कार्यालय रहेको मितेरी विकास बैंकले आर्थिक रुपमा छलाङ मार्दै कार्यक्षेत्रको दायरा बढाएको छ ।
१९ बर्ष अगाडि १ करोड ५८ लाखको चुक्ता पूजीबाट ३ जिल्ला कार्यक्षेत्र भएको विकास बैकको रुपमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र गरेको मितेरीले आर्थिक छलाङ मार्दै पुन: दुई जिल्ला धनकुटा र उदयपुर थप गरी पाँच जिल्लामा कार्य संचालन गर्न सफल भएको थियो । मितेरी विकास बैंकका अध्यक्ष किशन मास्केका अनुसार यस अवधिमा बैकले हकप्रद शेयर, प्राथमिक शेयर निष्काशन तथा बोनस शेयरको माध्यमवाट चुक्ता पूँजी रु १ अर्व २१ करोड ७१ लाख पुर्‍याएर प्रादेशीक विकास बैंकको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।
मितेरी बैंकका मुख्य कार्यकारी अधिकृत अनन्त कुमार चापागाँइले दिनु भएको जानकारी अनुसार प्रादेशिक स्तरको विकास बैंकका लागि १ अर्ब २० करोड रुपैया पूरा गर्नुपर्ने प्रावधान छ तर मितेरीले १ अर्ब २१ करोड ७१ लख रुपैया पुर्‍याएर प्रादेशिक विकास बैंकको रुपमा स्थापित गर्न सफल भएको हो ।
उहाँका अनुसार बैंकले पुर्‍याउने तार्गेट पूरा गरे पनि नेपाल राष्ट्र बैंकले २०८१ चैत्र २० गते प्रदेश कार्य क्षेत्र रहने इजाजतपत्र दिएको जानकारी दिनुभयो ।
अहिले बैंकको पूजी संरचना १ अर्व २१ करोड ७१ लाख रहेको छ भने निक्षेप ६ अर्व २० करोड रहेको बैंकले जनाएको छ । यस्तै यस अवधिमा ५ करोड १७ करोड बराबरको कर्जा प्रवाह गर्दै बैंकले ९ करोड२४ लाख खुद मुनाफा गर्न सफल भएको जनाएको छ ।

छुटाउनुभयो कि ?

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य
आर्थिक

पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरि निगमले मूल्य घटाएको