समाज

किरात राई पत्रकार सङ्घ सुनसरीको अध्यक्षमा सञ्जु राई सर्वसम्मत


धरान: किरात राई पत्रकार संघ सुनसरीको छैठौँ जिल्ला अधिवेशनबाट सुमित्रा राई (सञ्जु) अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । शुक्रबार उद्वाटन सत्र सम्पन्न भएको अधिवेशनमा शनिबार सहमतिमार्फत नयाँ कार्यसमिति चयन गरिएको हो ।
अध्यक्ष पदका लागि दिलबहादुर राई र सुमित्रा राई (सञ्जु) आकांक्षी रहे पनि सहमति जुटाउन गठित निर्वाचन समितिको पहलमा राईलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो। सहमति निर्माणका लागि किरात राई यायोख्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । केन्द्रीय प्रतिनिधि किरात राई पत्रकार संघ केन्द्रीय उपाध्यक्ष बिसाल राई रहेको थियो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दीपेश राई र प्रर्मिला राई, सचिवमा निशा राई, कोषाध्यक्षमा कमानसिंह राई चयन भएको छ । सदस्यहरूमा स्मारिका राई, विज्ञान राई, नवीन राई र एलिना राई रहेको छ ।
किरात राई पत्रकार संघ सुनसरीले जिल्लामा क्रियाशील किरात राई समुदायका पत्रकारलाई संगठित गर्दै पत्रकारिता क्षेत्रमार्फत भाषा, संस्कार, संस्कृति, पहिचान र अधिकारका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ । नयाँ कार्यसमितिले पत्रकारको व्यावसायिक क्षमता अभिवृद्धिसँगै किरात राई समुदायका भाषा, संस्कृति, इतिहास र पहिचानका विषयलाई सञ्चारमाध्यममार्फत थप प्रभावकारी ढंगले उजागर गर्ने अपेक्षा गरिएको छ ।
अधिवेशनको उद्घाटन सत्र शुक्रबार किरात राई यायोख्खा सुनसरीको भवनमा सम्पन्न भएको थियो । अधिवेशनले संघको सांगठनिक गतिविधि, पत्रकारको व्यावसायिक हित तथा समुदायसँग सम्बन्धित विषयमा सञ्चार क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरेको थियो ।

नवनिर्वाचित कार्यसमितिले आपसी सहकार्य, एकता र सहमतिका आधारमा सङ्घलाई थप सशक्त बनाउँदै पत्रकारको हकहित तथा किरात राई समुदायका मुद्दालाई सञ्चारमाध्यममार्फत प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाएको छ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले