महिला/बालबालिका

अनेमसंघ सुनसरीमा विणा खनाल



धरान: नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सुनसरीको नवौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले विणा दाहाल खनालको अध्यक्षतामा ६९ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । अधिवेशनको अवसरमा सांसदहरु तथा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ। शनिबार इटहरीमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि तथा अनेमसंघका केन्द्रीय उपाध्यक्ष मेनका काफ्लेले प्रतिनिधिसभा सदस्य भगवती चौधरी, राष्ट्रिय सभा सदस्य रुकमिणी कोइरालालाई सम्मान गर्नुभएको छ । त्यस्तै अनेमसंघ सुनसरीका पूर्व अध्यक्षहरु शारदा श्रेष्ठ, कुन्ता शर्मा, इन्दु गौतम, लक्ष्मी गौतम, मिरा आचार्य खनाल र मन्जु भण्डारीलाई सम्मान गरिएको थियो ।
प्रमुख अतिथि काफ्लेले सम्मानितहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
अधिवेशनले उपाध्यक्षहरुमा सृजना नेपाली र विष्णु शर्मा सचिवमा माया राई, सहसचिवमा हिरा थान्दार र कोषाध्यक्षमा अनिता उराँव चयन भएकाछन् । जिल्लाभरीबाट ३ सय ५० छानिएका प्रतिनिधिहरुले सहभागीता जनाएका थिए ।
अनेमसंघ सुनसरी अध्यक्ष विणा खनालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सृजना नेपालीले स्वागत मन्तव्य र सचिव इन्द्रकला राईले सञ्चालन गर्नु भएको थियो ।

छुटाउनुभयो कि ?

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य
महिला/बालबालिका

देउसी भैलोको रकमबाट बिद्मार्थीलाई शैक्षिक सामाग्री वितरण

धरान- १५ नमुना श्रुर्तीमार्ग टोलमा रहेको गृह श्रमिक महिला ढाका लघु उद्ममी समाज नेपालले देउसी भैलो बाट जम्मा भएको रकम