शिक्षा

पढाइसँगै सीपमा जोड, धरान मेघामा नवआगन्तुक विद्यार्थीको स्वागत


धरान: धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ।
धरान–१५ स्थित चुम्लुङ हिममा शुक्रबार आयोजित कार्यक्रममा कक्षा १२ का विद्यार्थीले गायन, नृत्यलगायत २२ वटा सांगीतिक प्रस्तुति दिएका थिए।
कार्यक्रममा हाजिरीजवाफ प्रतियोगितासहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख ध्रुवराज खड्काले विद्यार्थीले पढाइसँगै अतिरिक्त क्रियाकलाप र जीवनोपयोगी सीपमा समेत ध्यान दिनुपर्ने बताए।
सो अवसरमा उत्कृष्ट शिक्षकका रूपमा प्रमोद श्रेष्ठलाई सम्मान गरिएको थियो। कलेज अध्यक्ष राजेश विद्रोहीले अनुभवी शिक्षकमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए।
कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले कक्षा ११ मा ५७० विद्यार्थी भर्ना भएको बताए। उनले कलेजमा विज्ञान,कम्प्युटर विज्ञान,होटल म्यानेजमेन्ट,कम्प्युटर म्यानेजमेन्ट र म्यानेजमेन्ट विषय अध्यापन हुँदै आएको बताए।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई