नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरि निगमले मूल्य घटाएको हो । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ । कोशी प्रदेशमा भने पेट्रोलको मूल्य १६९ रुपैयाँ पचास पैसा र डिजेलको मूल्य १६५ रुपैयाँ पचास पैसा पर्नेछ ।