समाज

३१ औं जनयुद्ध दिवसमा धरानमा रक्तदान, १०१ पिन्ट रगत सङ्कलन

धरान: नेपाली कम्युनिष्ट पार्टी धरान नगरको आयोजनामा ३१ औं जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।१० वर्षसम्म चलेको सशस्त्र जनयुद्धको स्मरण तथा सहिद र बेपत्ता परिवारप्रति सम्मान प्रकट गर्दै आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय १ पिन्ट रगत सङ्कलन गरिएको नगर संयोजक उद्धव बहादुर लिम्बुले जानकारी दिए।शुक्रबार सम्पन्न उक्त रक्तदान कार्यक्रम सुनसरी क्षेत्र नं […]

राजनिती

एमालेले जनभावना अनुसार युवा उम्मेद्वार बनाएको मतदाताको प्रतिकृया

धरान: एमालेको सूर्य ध्वजावाहक उमेद्वार टीकाराम लिम्बूलाई आफ्नै घरमा पहिलो पटक देखिपछि धरान १५ श्यामचोककी इन्द्रकला लावतीले सूर्यमा भोट हाल्ने प्रतिवद्धता जनाउनुभयो । लावतीले भन्नुभयो उमेद्वार भनेपछि बुढो हुन्छ भन्ने थियो तर एमालेले समयको माग र जनभावना अनुसार युवा उमेद्वार बनाएको रहेछ हाम्रो भोट सूर्यलाई ।बिहिबार नेकपा (एमाले) ले धरान १५ नम्बर वडामा आयोजना गरेको […]

शिक्षा

नवोदयकाे ३७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धरान: नवाेदय विध्या मन्दिर इङलिस बाेर्डिङ स्कुलको ३७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूको कला, प्रतिभा, शैक्षिक उत्कृष्टता र सांस्कृतिक प्रस्तुतीले कार्यक्रम उत्साहपूर्ण बनेको थियो। कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र बिक्रम बेघाले वार्षिकोत्सव वर्षभरिका उपलब्धिको सार्वजनिक प्रस्तुति भएको उल्लेख गर्नुभयो। उहाँले विद्यार्थीहरूमा देखिएको आत्मविश्वास र नेतृत्व क्षमताको प्रशंसा […]

राजनिती

नेकपा सुनसरी–१ का लागि १५ बुँदे स्थानीय प्रतिवद्धता पत्र सार्वजनिक

धरान: नेपाली कम्युनिष्ट पार्टीले सुनसरी निर्वाचन क्षेत्र १ का लागि बहुआयामिक विकास एजेन्डा सहितको १५ बुँदे स्थानीय प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा घोषणापत्रमा सुकुम्बासी, भूमिहिन, अव्यवस्थित बसोबास, पूर्वाधार विकास, रोजगारी,भाषा–संस्कृति,महिला, बालबालिका, जेष्ठ नागरिक, फरक क्षमता भएका नागरिक तथा भूपू सैनिक–प्रहरीका मुद्दा प्राथमिकतामा राखिएको छ। घोषणापत्रमा वास्तविक सुकुम्बासीलाई तत्काल आवास र जमिनको […]

विचार

मनोजः भूगोल र मन जोड्न आएको मान्छे

मनोज भट्टराई, यो नाम सुन्नासाथ एउटा श्यामल वर्णको अलि होचो कदको मान्छेको विम्ब आउँछ । त्यसैमा जोडिन्छ निलो कोट र पाइन्ट । जस्तो कि कहिलेकाहीँ निलो र कालो रङ्गको संयोजन हेर्ने हो भने मनोज भट्टराई हेरुजस्तो । हामीले चिनेको मनोज भट्टराईको खास नाम सूर्यबहादुर भट्टराई हो, तर सबैले चिन्ने वा प्रिय नाम मनोज भट्टराई नै […]

खेलकुद

प्लानिङ ब्वाइज युनाइटेडले लालिगुराँस पोखरालाई २–१ गोलले पराजित गर्दै बुढासुब्बा गोल्डकपको फाइनलमा

धरानः धरान रंगशालामा जारी २६औँ बुढासुब्बा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड काठमाडौंले लालिगुराँस फुटबल क्लब पोखरालाई २–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। प्लानिङ ब्वाइजले आज बुधवार भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लालिगुराँस विरुध्द जित हात पारेको हो।खेलको छैठोैं मिनेटमा लालिगुराँसका इस्कान्दर सिदिकीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको १४औँ […]

खेलकुद

सातदेबाटोलाई २–१ ले पराजित गर्दे झापा ११ सेमिफाइनलमा प्रवेश

धरान: अन्तर्राष्ट्रिय आमन्त्रण २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको छैटौं दिनको खेलमा झापा ११ झापाले सातदोबाटो युथ क्लब काठमाडौंलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।धरान रंगशालामा मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा झापा ११ ले उत्कृष्ट प्रदर्शन गर्दै सातदोबाटोलाई स्तब्ध बनाउँदै जित हात पारेको हो।खेलको १६औँ मिनेटमा झापा ११ का राजेश दाहालले पहिलो गोल गर्दै […]

राजनिती

सुनसरी १ मा एमालेले बनायो प्रचार, प्रकाशन समिति

धरान: फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा आफ्ना सूर्यध्वजावाहक उमेदवार टिकाराम लिम्बूलाई विजयी गराउन नेकपा (एमाले) ले प्रचार प्रसार तीब्र पार्ने सोमबार साँझ प्रचार कमिटीको पहिलो बैठकबाट निर्णय गरेको छ। बैठकमा निर्वाचन परिचालन कमिटीका हाइकमाण्ड सदस्य तथा प्रचार तथा प्रकाशन समितिका संयोजक भीमज्वाला राईले फागुन २१ गतेसम्मको कामको सूचि (क्यालेण्डर) […]

अन्तर्राष्ट्रिय समाचार

हङकङमा नेपाली व्यवसायीद्वारा जव लिंक कनेक्ट एप सार्वजनिक

हङकङमा नेपाली समुदायका व्यवसायीद्वारा विकसित जव लिंक कनेक्ट मोबाइल एपको बेटा संस्करण सोमबार औपचारिक रूपमा सार्वजनिक गरिएको छ। नेपाली समुदायले नै विकास गरेको सम्भवतः पहिलो मोबाइल एपका रूपमा चिनिएको जव लिंक कनेक्टले हङकङमा बढ्दो बेरोजगारी समस्याको समाधानतर्फ डिजिटल पहल थालेको छ।लाइक एन इन्नोभोटर पाठ्यक्रम अध्ययनका क्रममा अवधारणा परिष्कृत गरिएको यो एप सन् २०१४ मा डिके […]

खेलकुद

२६ औं बुढासुब्बा गोल्डकप: टाईब्रेकरबाट लालिगुराँस पोखरा सेमिफाइनलमा प्रवेश

धरानः धरान रंगशालामा जारी २६ ओैं बुढासुब्बा गोल्डकप फुटबलको सोमबार भएको क्वाटर फाइनलमा आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै लालिगुराँस फुटबल क्लब पोखरा सेमिफाइनलमा प्रवेश गरेको छ। अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा लालिगुराँस पोखराले उत्कृष्ट डिफेन्स प्रदर्शन गर्दै आयोजक धरानलाई स्तब्ध बनाउने जित निकालेको हो। आयोजक धरान फुटबल क्लब बुढासुब्बा गोल्डकपको पाँच पटकको उपविजेता […]