खेलकुद

चर्च ब्वाइज १-० गोलले पुलिस क्लबलाई हराउँदै सेमिफाइनलमा

धरान: बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको चौथो दिनको खेलमा लिग च्याम्पियन चर्च ब्वाइज काठमाण्डोै, नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ। धरान रङ्गशालामा आईतवार भएको प्रतिस्पर्धात्मक खेलमा चर्च ब्वाइजले उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण जित निकालेको हो। निर्धारित ९० मिनेटको खेलमा चर्च ब्याइजका लागि खेलको सुरुवाती १ औ मिनेटमा रिचार्ड वेलसनको पहिलो […]

राजनिती

सुशासन, पारदर्शिता र विकास एजेन्डासहित सुनसरी–१ मा कान्छा उम्मेद्वारको प्रतिबद्धता पत्र सार्बजनिक

धरान: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेद्वार राज कुमार लिम्बू (प्रिन्स)ले आगामी संघीय निर्वाचनका लागि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै मतदातासमक्ष परिवर्तनका लागि साथ दिन अपिल गरेका छन्।लिम्बुले शनिबार धरानमा पत्रकार सम्मेलन आयोजन गर्दे आफनो १२ सुत्रिय स्थानीय घोषणा पत्र सार्वजानिक गरेका हुन ।सुनसरी १ निवासी […]

खेलकुद

प्लानिङ ब्वाइजको सेमिफाइनल यात्रा

धरान: २६ औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा प्लानिङ ब्वाइज काठमाडौंले एनआरटी क्लब काठमाडौँलाई २–० गोलले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ। धरान रङ्गशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा प्लानिङ ब्वाइज काठमाडौंले उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण जित निकालेको हो। निर्धारित ९० मिनेटको खेलमा प्लानिङ ब्वाइजले पहिलो हाफको ४३औँ मिनेटमा केबेले गोल गर्दै टिमलाई अग्रता […]

व्यवसाय

कोशी प्रदेशमै पहिलोपटक धरानमा अल्टिमाको सातौं फ्रान्चाइज आउटलेट सञ्चालनमा

धरान: अल्टिमा लाइफस्टाइलले कोशी प्रदेशमै पहिलोपटक धरानमा आफ्नो सातौं फ्रान्चाइज आउटलेट सञ्चालनमा ल्याउँदै बजार विस्तार गरेको छ।पूर्वी नेपालमा पहिलोपटक फ्रान्चाइज मोडल मार्फत प्रवेश गरेको अल्टिमाको सातौ नयाँ शाखा शुक्रबार धरानमा औपचारिक रूपमा उद्घाटन गरिएको हो।२०१३ मा स्थापना भएको अल्टिमेट लाइफस्टाइलले किफायती मूल्यमा गुणस्तरीय प्रविधि सामग्री उपलब्ध गराउने उद्देश्यसहित बजार विस्तार गर्दै आएको छ। कम्पनीका प्रतिनिधिका […]

समाज

युवतीलाई गाउँमै स्वरोजगार बनाउने अभियान तीव्र, केराबारीमा जडिबुटीबाट साबुन बनाउने तालिम सम्पन्न

मोरङ: दिनप्रतिदिन युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य भइरहेको वर्तमान अवस्थामा केही स्थानीय तहहरूले भने युवालाई गाउँमै सीपमूलक तालिम दिई स्वदेशमै आत्मनिर्भर बनाउने प्रयासलाई तीव्रता दिएका छन् । विशेषगरी युवा महिलालाई लक्षित गर्दै स्थानीय सरकारले स्वरोजगारमूलक तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ । यही क्रममा केराबारी गाउँपालिका, मोरङले उपाध्यक्षसँग युवा महिला लक्षित सीप विकास कार्यक्रम अन्तर्गत […]

खेलकुद

२६ औँ बुढासुब्बा गोल्डकप: झापा ११ झापा क्वाटरफाइनल प्रवेश

धरान: अन्तर्राष्ट्रिय आमन्त्रण २६ औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिनको खेलमा झापा ११ झापाले रोयल थिम्पु भुटानलाई २–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।धरान रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा झापा ११ झापाले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण जित निकालेको हो।निर्धारित ९० मिनेटको खेलमा झापा ११ झापाले खेलको पहिलो हाफको ३५ औँ मिनेटमा मौसब […]

खेलकुद

२६ औँ बुढासुब्बा गोल्डकप उद्घाटन खेलमा ट्राइबेकरबाट आयोजक धरान फुटबल क्लब विजयी

धरान: अन्तर्राष्ट्रिय आमन्त्रण २६ औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा ट्राईबेकरमा आयोजक धरान फुटबल क्लबले शानदार जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।धरान रङ्गशालामा बिहीबार सम्पन्न उद्घाटन खेलमा धरान फुटबल क्लबले भारतको जर्जियन क्लबलाई ट्राइबेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो। निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो।जर्जियन क्लब भारतका […]

खेलकुद

२६ औ संस्करणको अन्तरास्ट्रिय बुढासुब्बा गोल्डकपको तयारी पूरा

धरान: अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण धरान रङ्गशालामा बिहिवार देखी सुरु हुने भएको छ।गोल्डकपको उद्घाटन खेल धरान फुटबल क्लव र जर्जियन क्लब भारत बिच हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।आयोजक धरान फुटबल क्लव घरेलु खेलाडी सहित बिजेता बन्ने दाउमा रहेको धरान फुटबल क्लवका अध्यक्ष प्रताप तामाङले बताए । जर्जियन […]

राजनिती

सुजेन्द्र गोलेलाई जिताउन काग्रेसले २ हजार १११ निर्वाचन परिचालन समिती घोषणा

धरान: नेपाली कांग्रेसले सुनसरी क्षेत्र नम्बर–१ बाट उम्मेदवार सुजेन्द्र तामाङ गोलेलाई सघाउन २,१११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। मंगलबार आयोजित पत्रकार भेटघाट तथा चुनावी भेलाले पार्टी कोशी प्रदेश समितिका महामन्त्री उमेश थापाको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिएको छ।आर्थिक समिति संयोजक प्रविन राई , युवा परिचालन समिती संयोजक पर्वत राई, प्रचार–प्रसार समिति संयोजक […]

धरान विशेष

धरान खानेपानी बोर्डको डिजिटल सिस्टमले पायो पूर्णता

धरान: धरान खानेपानी बोर्डले सोमबारदेखि खानेपानी बिल भुक्तानी, नयाँ धारा जडान तथा सम्पूर्ण आय–व्यायको जानकारी लिन सकिने नयाँ मोबाइल एप्स र वेबसाइट सुरु गरेको छ।बोर्डका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघालेले यस डिजिटल प्रणालीको सुभारम्भ गर्दै, सेवाग्राहीका लागि सजिलो, छिटो र पारदर्शी सेवा प्रदान हुने जानकारी दिए।बेघालेले खानेपानी बिलिङ र आर्थिक कारोबार […]