धरान विशेष

रोशनको उपचारका लागि सहयोग हस्तान्तरण

धरान: धरान ८ अरुणटोलस्थित सुकुम्बासी बस्तीका बिरामी रोशन राईको उपचारका लागि ६ हजार रुपैया सहयोग जुटेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेश उपाध्यक्ष तथा लेखापढी व्यवसायी तिर्थ दाहाल र उहाँकी श्रीमति कोशिला राई दाहालको तर्फबाट ५ हजार, संगठन कोशी प्रदेश सचिव महेश घिमिरे र सदस्य प्रेमप्रसाद पोखरेलबाट पाँच पाँच सय गरि ६ […]

धरान विशेष

धार्मिक तथा साँस्कृतिक पक्ष नेपाल र नेपालीका सम्पत्ति हुन: मुख्यमन्त्री कार्की

धरान: धरानमा विहीबारदेखि विधिवत रुपमा बोलबम शुरु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पिण्डेश्वर मन्दिरमा जल अभिषेक गर्दै विधिवत रुपमा बोलबम शुरु भएको घोषणा गर्नुभएको थियो ।यस बर्षको बोलबम मेला शुरु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जल अविशेष गरी विहीबार बोलबम मेलाको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै मन्त्री […]

धरान विशेष

धरानका मेयर स्व. तारा सुब्बा विकासप्रेमी मेयरका रुपमा परिचित हुनुहुन्थ्यो

धरान: नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनापछि धरान उपमहानगरपालिकाका मेयर स्व. तारा सुब्बालाई सबैले विकासप्रेमी मेयरका रुपमा लिएका छन् । विहीबार स्व. सुब्बाको सातौ स्मृति दिवसका अवसरमा हरियाली सामुदायिक भवनमा आयोजित शोक सभामा बोल्ने अधिकांशले स्व सुब्बालाई विकासप्रेमी नेताको रुपमा चित्रित गरेका हुन् ।सो अवसरमा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले विकास प्रेमी स्व. तारा सुब्बाको निधनले […]

धरान विशेष

कमरेड तारा सुब्बालाई सम्झिँदा

भिमज्वाला राई गणतन्त्रपछिको पहिलो स्थानीय तहको निर्वाचन २०७४ साल असार १४ गते सम्पन्न भएको थियो । २० वटा वडाहरु भएको धरानको मत परिणाम आउन १२ दिन लाग्यो । असार २६ गते राती १० बजेर ५० मिनेट जाँदा निर्वाचन आयुक्तले तारा सुब्बालाई धरानको मेयरमा विजयी भएको घोषणा गरेका थिए । मेयर घोषणा भएको ३ सय ७२ […]

धरान विशेष

आर्थिक अभावले उपचार नपाएका रोशनको परिवारलाई खाद्यान्न सहयोग

धरान ८ अरुण टोलस्थित सुकुम्बासी बस्तीका बिरामी रोशन राईको परिवारलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ । धरान १३ स्थित पुनर्जीवनकेन्द्रमा कार्यरत अनिष गुरुङले करिव आठ हजार बराबरको खाद्यान्न सामग्री राईको निवासकै पुगेर हस्तान्तरण गर्नुभएको हो । दुइ बोरा चामल, ७ किलो दाल, दुइ किलो चिनी, दश लिटर खानेतेल, ५ किलो नुन, १ किलो हरियो मटर […]

खेलकुद

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेसमा २ सय खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं: हिमालयन चेस एकेडेमीको आयोजनामा ‘राजेन्द्र केसी स्मृति हिमालयन १ सय एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ शनिबार हुने भएको छ, जहाँ २ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । गत वर्ष अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) स्थापनाको शतबार्षिकीको अवसरमा हिमालयन १०० आयोजना गरिएको थियो, जहाँ १ सय खेलाडी सहभागि थिए । उक्त प्रतियोगिता फिडेको

धरान विशेष

धरानमा सञ्चारकर्मी असुरक्षित भएकोप्रति सरोकारवाला पक्षको चिन्ता

धरान: धरानका सञ्चारकर्मीहरु स्थानीय सरकारबाटै असुरक्षित भएकोप्रति सरोकारवाला पक्षले सर्वत्र चिन्ता व्यक्त गरेका छन् । प्रेस चौतारी नेपाल सुनसरीले क्यान्लेन्डर सार्वजनिक तथा अक्षय कोष निर्माणको घोषणाका क्रमम यस्तो बताएका हुन् ।पछिल्लो समय धरानमा स्थानीय सरकारबाटै सञ्चारकर्मीहरु असुरक्षित भएसँगै सरोकारवाला पक्षहरुको गम्भीर ध्यानाकर्षण भएको छ । प्रेस चौतारी सुनसरीले प्रकाशित गरेको क्यालेन्डर सार्वजनिक तथा ‘प्रेस नेपाल […]

धरान विशेष

पत्रकारहरुमाथी दुर्व्यबहार गर्ने टिएलओ अध्यक्ष कवि याक्खा र श्रमदाता मणिराज राईले माफी मागे

धरान उपमहानगरपालिका वडा नम्बर ५ का सामुदायिक टोल बिकास संस्थाका अध्यक्ष कवि याक्खा सहित नगरप्रमुख साम्पाङका समर्थक श्रमदाता मणिराज राईले आफूहरुले आवेशमा आएर समचार संकलनमा अबरोध गर्दै पत्रकारहरुमाथि दुर्व्यवहार गरेकोमा इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक कोमल ठाकुरको रोहबरमा क्षमा याचना गर्दै सार्बजानिक माफी मागेको छ। आगामी दिनमा पुनः पत्रकारहरु सँग यस्तो व्यवहार नदोहोर्‍याउने प्रतिबद्धता जनाउदै […]

धरान विशेष

झुपडीमा रोगसंग लड्दै रोशन: श्रीमानको उपचारमा सहयोग गरिदिन श्रीमतिको अपिल

झुपडीमा रोगसंग लड्दै रोशन: श्रीमानको उपचारमा सहयोग गरिदिन श्रीमतिको बिलौना धरान: फुलिएर अजङ्गको पेट, हाडछालाको शरीर र मलिन अनुहार लिएर ओछ्यानमा ढलिरहेका ४० वर्षिय रोशन राई जीवनमरणको दोसाँधमा छन् । धरान ८ अरुणटोलस्थित सुकुम्बासी बस्तीमा सानो झुपडीमा रहेका उनको यो हालत हेर्दा यो समय उनि अस्पतालमा हुनुपर्ने हो । तर, श्रीमति र छोरीले उनको उपचार […]

व्यवसाय

सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा गोपाल श्रेष्ठ निर्वाचित

धरान: भर्खरै सम्पन्न निर्वाचनबाट सुनसरी उद्योग वाणिज्य संघ धरानको अध्यक्षमा गोपाल श्रेष्ठ विजयी हुनु भएको छ ।श्रेष्ठले उहाँका प्रतिद्वन्द्वी शिवराज श्रेष्ठलाई भारी मतले पराजित गर्नुभएको हो । निर्वाचन अधिकृत प्रा.डा. राजेन्द्र शर्माका अनुसार विजयी बन्ने गोपाल श्रेष्ठले १६०५ मत ल्याउनु भएको थियो भने पराजित भोग्नु भएका शिवराज श्रेष्ठले ६४७ मत प्राप्त गर्नुभएको छ । दुवै […]