सहित्य/सिर्जना

हिबिस्कस बाल क्लवद्धारा लोकनृत्य प्रतियोगिता

धरान: हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ स्थित हिविस्कस बाल क्लव ले सरस्वति पूजाका अवसरमा अन्तर विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न गरेको छ।प्रतियोगितामा सिद्धार्थ शिशुसदन स्कुलकी सुवासना श्रेष्ठ प्रथम बनेकी छिन भने लिवर्टी रेसिडेन्सियल वोडिङ स्कुलकी टिका मगर दोस्रो बनेकी थिइन ।त्यसैगरी जेनिथ वोडिङ स्कुलकी प्रिन्सा मगर तेस्रो र धरान स्कोलर एकेडेमीकी इक्सा लिम्बु सान्तवना बनेकी […]

खेलकुद

इटहरी विरुद्ध भुटानका शानदार जीत

धरान: इटहरी विरुद्ध सानदार जित निकाल्दै भुटानको रोयल थिम्पु कलेज २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।भुटान प्रिमियर लिग खेल्ने टिम रोयल थिम्पु कलेजले इटहरीको राष्ट्रिय जागृती क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । सेमिफाइनलमा भुटानले चर्च ब्वाइज युनाइटेडसँग प्रतिष्पर्धा गर्नेछ । भुटानले खेलको […]

धरान विशेष

मेयर साम्पाङ सहकारीमैत्री नभएकै कारण धराने बचत कर्ता पिडामा छ: नरेश ईवाराम

धरान- १५ का वडा अध्यक्ष नरेश ईवारामले स्थानीय सरकार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सहकारीकर्मी र सहकारीमैत्री नभएकै कारण धरानका बचतकर्ताहरु पिडामा रहेको बताउनु भएको छ । जिल्ला सहकारी संघ धरान नगर सहकारी समन्वय समितीको आयोजनामा शनिबार आयोजित ‘सहकारी प्रवर्द्धनको निमित्त एक दिवशीय गोष्ठीका प्रमुख अतिथी वडाअध्यक्ष ईवारामले धरानको सहकारीहरुमा महामारी रोग झै फैलिएको अवस्थामा […]

दुर्घटना

बन्दमा, चालकहरुलाई दुर्घटना न्युनिकरण सम्बन्धी प्रशिक्षण

धरान: धरानका यातायात मजदुरहरुलाई आइतबार सडक दुर्घटना न्युनिकरण सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । सडक दुर्घटनामा ज्यान गुमाउने र कारागार जाने चालकहरुको संख्या बढीरहेकाले बन्दकाबीच सवारीका चालकहरुलाई सडक सुरक्षा सचेतना गराइएको हो । प्रशिक्षण प्रदान गर्नु हुँदै मजदुर नेता भीमज्वाला राईलेनेपालको सार्वजनिक यातायात विकल्पहिन साधन भएपनि असुरक्षित रहेको तथ्य प्रस्तुत गर्नुभयो । प्रत्येक दिन न्युनतम […]

खेलकुद

२५ औं बुढासुब्बा गोल्डकप: धरान फुटबल क्लब पहिलो खेलबाट बाहिरियो

धरान: धरानमा जारीे २५ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता अन्तर्गत दोस्रो दिन भएको प्रतियोगिताबाट आयोजक धरान पहिलो चरणबाट बाहिरिएको छ ।धरान १६ रंगशालामा भएको प्रतियोगिता अवधिभर दुवै टिमबाट एक÷एक बराबरीमा टुंगिएपछि युनाइटेड खार्साङ फुटबल क्लबले धरान फुटबल क्लबलाई सडनडेथको आधारमा पराजित गरेको हो ।खेल शुरु भएको १७ औ मिनेटमा खार्साङका खेलाडी खेमराज भुजेलले वीरन प्रधानको […]

खेलकुद

पुरुष तर्फ मेघा हिमालयन र महिला तर्फ धरान उच्च मा.वि. हिसान बास्केटवल च्याम्पियन

धरान: हिसान सुनसरीको ११ औं स्पोर्टस मिट अन्तर्गत भएको हिसान बास्केटवल च्याम्पियनसिपको उपाधि धरान मेघा हिमालयन कलेज र धरान उच्च माविले चुमेको छ ।धरान मेघा हिमालयनले पुरुष तर्फको उपाधि चुमेको हो भने धरान उच्चले महिला तर्फको उपाधि चुमेका हुन । पुरुष तर्फको फाइनल खेलमा धरान मेघाले धरान उच्चलाई ४६–२५ र महिला तर्फको खेलमा धरान उच्चले […]

खेलकुद

बुढासुब्बा गोल्डकप: पहिलो खेलबाट चर्च ब्वाइज सेमी फाइनलमा प्रवेश

धरानमा शुरु भएको २५ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता अन्तर्गत शनिवार भएको पहिलो खेलमा चर्च व्वाइज युनाइटेट फुटबल क्लब विजयी बन्दै सेमी फाइनलको यात्रातय गरेको छ ।धरान- १६ रंगशालामा आयोजित प्रतियागितामा चर्च ब्वाइजले विभागीय टिम नेपाल पुलिसलाई १–० गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा स्थान पक्का गरेको हो । चर्च ब्वाईजका तर्फबाट निर्णायक गोल ४२ […]

समाज

प्रेस चौतारी सुनसरीको अध्यक्षमा बिकास चाम्लिङ

इटहरी: बिहिबार इटहरीमा सम्पन्न भएको अधिवेशनले विकास चाम्लिङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिसँगै ७ ७ जना केन्द्रीय प्रतिनिध परिषद् र प्रदेश परिषद् पनि सर्वसम्मत चयन भएको छ।  समितिको उपाध्यक्षमा विकल पौडेल र सिमा बस्नेत चयन भएका छन् भने सचिवमा सुदिप पोख्रेल, सहसचिवमा लक्षमण कट्वाल र सन्जु राई, कोषाध्यक्षमा रोशन […]

धरान विशेष

धरान प्लस टु अरेटरी च्यालेन्जको फाईनलमा उत्कृष्ट १० जना

“धरान प्लस टु अरेटरी च्यालेन्ज-२०८१” को शुक्रबार सम्पन्न सेमि फाईनलबाट १० जना प्रतिष्पर्धीहरु फाईनलका लागि छनोट भएका छन।-याडिकल लाईट नेपाल प्रा.लि.धरानले धरान-८ स्थित सहिद स्मृति मा.बि.को सभाहलमा सम्पन्न सेमिफाइनलमा सहभागी १७ जनामध्ये १० जना फाईनलमा प्रबेश गरेका हुन। फाईनलमा प्रबेश गर्नेहरुमा शिक्षा निकेतन मा.बि.का पुजा लम्साल र लाक्पा तामाङ, पब्लिक हाई स्कुलका आयुष कटवाल र […]

खेलकुद

एनकेएलको फाइनलमा जनकपुर बलियो कि काठमाडौ ?

काठमाडौं: फ्रेन्चाइज टिमको अवधारणमा पहिलोपल्ट आयोजित नेपाल कबड्डी लिग (एनकेएल) को फाइनलमा शुक्रबार जनकपुर नाइट्स र काठमाडौं माभरिक्स दशरथ रंगशालास्थित कभर्डहलमा भिड्दैछन् । जनकपुर पूरा प्रतियोगितामै उत्कृष्ट लयमा रहेको छ । उसले चार जित र एक बराबरीसँगै लिग चरणमा शीर्षस्थान हासिल गरेको थियो । त्यसपछि क्वालिफाइर १ मा विराटनगर ब्यान्डिट्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको […]