
धरान: धरानमा जारीे २५ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता अन्तर्गत दोस्रो दिन भएको प्रतियोगिताबाट आयोजक धरान पहिलो चरणबाट बाहिरिएको छ ।
धरान १६ रंगशालामा भएको प्रतियोगिता अवधिभर दुवै टिमबाट एक÷एक बराबरीमा टुंगिएपछि युनाइटेड खार्साङ फुटबल क्लबले धरान फुटबल क्लबलाई सडनडेथको आधारमा पराजित गरेको हो ।
खेल शुरु भएको १७ औ मिनेटमा खार्साङका खेलाडी खेमराज भुजेलले वीरन प्रधानको पासमा एक गोल गर्दै आफ्ना् टिमको खाता खोलेका थिए । तर खेलको ४४ औं मिनेटमा धरानका विनोद राईले वान भर्सेस वानमा १ गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । त्यसयता दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइबेकरमा धकेलिएको थियो ।
टाइबेकरमा समेत दुवै टिमबाट ५÷५ गोल भएपछि खेल सडन डेथमा पुगेको थियो सडन डेथमा धरानका तर्फबाट राजलाल थापाले गोल गरेका थिए भने मनोज राईले हानेको गोल गोल रक्षकले बचाएका थिए । यता खर्साङका तर्फबाट प्रविन राई र हेमराज भुजेलले हानेको प्रहार गोलमा परिणत भएका थियो ।
आजको दोस्रो खेलको म्यान अफ द म्याच खर्साङका हेमराज घोषित हुदै नगर १० हजार, ट्रफी र प्रमाणपत्र हात पारे । भोलिको खेल तेस्रो क्वाटरफाइनल खेल राजा क्लब इटहरी र भुटानको आरटिसीएफटी बीच हुने आयोजकले जनाएको छ ।