खेलकुद

इटहरी विरुद्ध भुटानका शानदार जीत

धरान: इटहरी विरुद्ध सानदार जित निकाल्दै भुटानको रोयल थिम्पु कलेज २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भुटान प्रिमियर लिग खेल्ने टिम रोयल थिम्पु कलेजले इटहरीको राष्ट्रिय जागृती क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । सेमिफाइनलमा भुटानले चर्च ब्वाइज युनाइटेडसँग प्रतिष्पर्धा गर्नेछ । भुटानले खेलको सातौ मिनेटमा नै अग्रता लिएको थियो । नोयेदा योसेलको पासमा सोनाम योसेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अग्रता बनाएको भुटानले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । दोस्रो हाफको ७ औ मिनेटमा सोनाम जुग्द्रुलले गोल गरेका थिए । इटहरीको डिबक्स एरियामा डिफेन्सले क्लियर गर्न नसकेको बललाई सोनामले दोस्रो बार च्याप्दै जाली चुमाएका थिए ।
दोस्रो हाफको १४ औं मिनेटमा कर्मा जम्सोले गोल थप्दै टोलीलाई ३–० को स्थितिमा पुर्‍याएका थिए । कर्माले प्रहार गरेको बल इटहरीका गोल किपर सन्दिप लिम्बूले नियन्त्रणमा लिन नसक्दा बलले गोल लाइन क्रस गरेको थियो । दोस्रो हाफको २५ औं मिनेटमा सोनाम योसेको पासलमा नयन्दा योसेनले गोल गर्दै टिमको जित निश्चित गरे । खेलको म्यान अफ द म्याच भुटानका सोनाम योसे घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो ।
तीन विदेशी खेलाडी सहित मैदानमा उत्रिएको इटहरी भुटानको तुलनामा शारिरीक रुपम बलियो देखिन्थ्यो । मैदानमा भुटानका युवा खेलाडी इटहरी भन्दा टेक्निकल्ली राम्रो खेल प्रदर्शन गरेका थिए । इटहरीले दोस्रो हाफको ३२ औं मिनेटमा इटहरीका आलेक्सले सान्त्वना गोल फर्काएका थिए । उनले विपक्षि गोल किपरलाई फ्लीक गर्दै गोल गरेका थिए ।
भोलीको अन्तिम क्वाटर फाइनल खेल साविक विजेता काठमाडौको न्युरोड टिम (एनआरटी र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच खेल हुने आयोजकले जनाएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक