स्वास्थ्य/जिवनशैली

हर्क साम्पाङले लगाए उपकुलपतिको कार्यकक्षमा ताला

कार्यालय नै नआएका कामु उपकुलपतिले गरे ११ जनालाई पँजनी सुनसरी : धरानस्थित वीपी कोइराला प्रतिष्ठानको विवाद उत्कर्षमा पुगेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले सोमबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीको कार्यकक्षमा आफैंले ताला ठोकिदिएका छन् । वीपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग […]

धरान विशेष

धरानमा सुकुम्बासीको राँके जुलुस, प्रहरीसँग धकेलाधकेल भोली मेची महाकाली चक्का जाम

धरानः बस्ती रक्षा आन्दोलन परिचालन समितिको आयोजनामा बुधबार साँझ धरानमा राँके जुलुस प्रदर्शन गरिएको छ ।पुरानो अस्पताल छाताचोकबाट सुरु भएको राँके जुलुस नगरका विभिन्न भाग परिक्रमा गर्दै भानुचोक पुगेको थियो । सुरुवाती चरणदेखि नै प्रहरीले जुलुसलाई रोक्ने प्रयास गरेको थियो ।चारैतर्फबाट भानुचोक केन्द्रित भएको जुलुसलाई देशीलाइन क्षेत्रमा प्रहरीले अवरोध गरेपछि केहीबेर तनावको अवस्था सिर्जना भएको […]

शिक्षा

धरानमा एसईई परिक्षाको नतिजा निराशजनक

धरान उपमहानगरपालिकाले सार्वजनिक गरेको शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाअनुसार उपमहानगरका सामुदायिक विद्यालयहरूको समग्र प्रदर्शन औसत देखिएको छ। नगर शिक्षा महाशाखाको तथ्यांकअनुसार यस वर्षको परीक्षामा सहभागी भएका कुल १ हजार १ सय २० विद्यार्थीमध्ये ५ सय ६४ जना उत्तीर्ण भएका छन्, जसले समग्र उत्तीर्ण दर ५०.३६ प्रतिशत कायम गरेको छ। नतिजाको […]

स्वास्थ्य/जिवनशैली

नर्सिङ सेवा समर्पण र अनुशासनको प्रतीक हो: कावा प्रमुख बेघा

धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले नर्सिङ पेसालाई सेवा, अनुशासन र समर्पणको प्रतीक भएको बताएका छन्।मंगलबार २०६ औँ विश्व नर्सिङ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अस्पतालमा डाक्टरको भूमिका महत्वपूर्ण भए पनि बिरामीको २४ सै घण्टा हेरचाह गर्ने भएकाले नर्सहरूको भूमिका अझ विशेष हुने बताए।उनले नर्सहरूको व्यवहार र सेवाभावले बिरामीलाई निको पार्न ठूलो सहयोग […]

अन्तर्राष्ट्रिय समाचार

किरात राई समाजद्वारा स्पेनमा मनाए उभौली

सोल: किरात राई समाज स्पेनले उभौली चाड मनाएका छन् ।स्पेनको राजधानी म्याड्रिड स्थित मे १० तारिक सोमबारका दिन किरात राई समाजले किरात सम्बत-५०८६ उभौली चाडको अबसरमा साकेला नाच नाचेर भव्य रूपमा मनाएका हुन् । उक्त उभौली कार्यक्रममा साकेला नाच, नेपाली मौलिक गीत-संगीत तथा नुत्य प्रस्तुत गरेका थिए ।किरात राई समाज स्पेनका अध्यक्ष युबराज चाम्लिङ राई […]

खेलकुद

धरानमा आयोजित प्याराग्लाइडिङ प्रिमियर लिग ओपन एक्युरेसी सिरिजको उपाधि अमन थापालाई

नेपालमै पहिलो पटक गत शुक्रबारदेखि धरानमा जारी प्याराग्लाइडिङ प्रिमियर लिग ओपन एक्युरेसी सिरिजको ओभरअलतर्फको उपाधि प्याराग्लाइडर अमन थापाले जितेका छन् । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा सुरु भएको एक्युरेसी सिरिज प्रतियोगिताको फाइनल स्पर्धामा विजेता विजेता हुँदै थापाले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । एक्युरेसी ओभरअलतर्फ सागर नेपाली उपविजेता बने । उनले १ […]

शिक्षा

जापान अध्ययनको भरोसायोग्य गन्तव्य बन्दै ‘चुबासा ग्लोबल एजुकेसन’

धरान: जापान अध्ययनका लागि विद्यार्थीहरूको आकर्षण बढ्दै जाँदा धरान–३ स्थित ‘चुबासा ग्लोबल एजुकेसन फाउन्डेसन’ जापान जान चाहने विद्यार्थीहरूको भरोसायोग्य गन्तव्य बन्दै गएको बताएको छ।शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका म्यानेजर ईसाक खड्काले जापानको सिओई अथवा भिसाप्रक्रियामा विद्यार्थीको कागजपत्रको सूक्ष्म अध्ययन गरेर मात्र आवेदन प्रक्रिया अघि बढाइने भएकाले सफलता दर उच्च रहेको दाबी गरे।उनका अनुसार संस्थाले विद्यार्थी […]

खेलकुद

पर्यटन वर्षसँग जोडेर कोशीमा १० भन्दा बढी अन्तर्राष्ट्रिय खेल हुने: मुख्यमन्त्री कार्की

धरान: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशको पहिचान र राष्ट्रिय आयको प्रमुख आधार पर्यटन बन्न सक्ने बताएका छन्।शुक्रबार धरान–४ स्थित छोटी मोरङमा आयोजित अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ प्रिमियर लिग प्रतियोगितालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले हिमाल, पहाड र तराई समेटिएको कोशी प्रदेश अन्य प्रदेशको तुलनामा विशिष्ट रहेको बताए।उनले प्रदेशमा साहसिक पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख […]

राष्ट्रिय समाचार

धरानमा आयोजित प्रभातफेरीमा प्रेसमाथि ‘आर्थिक नाकाबन्दी’ गरेको आरोप

धरान: विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाले धरानमा प्रभातफेरी आयोजना गरेको छ।मे ३ को अवसरमा पारेर गरिएको उक्त कार्यक्रममा जिल्लाभरका क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। छाताचोकबाट सुरु भएको प्रभातफेरी भानुचोक पुगेर समापन भएको थियो।प्रभातफेरीमा सहभागीहरूले “शान्तिपूर्ण भविष्यको निर्माण, मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन” […]

खेलकुद

धरानमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको ‘एनपिपिएल’ प्याराग्लाइडिङ लिग हुने

धरान: साहसिक खेल पर्यटनमा नयाँ आयाम थप्ने उद्देश्यसहित धरानमा अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ प्रिमियर लिग आयोजना हुने भएको छ।प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपालमै पहिलोपटक “नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग एनपिएल” आयोजना गर्न लागिएको जानकारी दिएको हो। प्रतियोगिता वैशाख २५ देखि २८ गतेसम्म सञ्चालन हुने छ। प्रतियोगिता धरान ४ स्थित छोटीमोरङबाट फ्लाईट भएर ल्याण्ड […]

खेलकुद

खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विष्णुपादुकामा प्रथम भेट्रान फुटबल प्रतियोगिता हुने

धरान: खेलकुदमार्फत वडा २० लाई थप चिनाउन तथा खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ वर्ष २०८३ को अवसर पारेर विष्णुपादुका स्थित सिरिसे खेल मैदानमा “प्रथम वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिता” आयोजना हुने भएको छ।प्रतियोगिता वैशाख १९ देखि २५ गतेसम्म सञ्चालन हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक विष्णु सांस्कृतिक युवा क्लबले जनाएको हो।प्रतियोगितामा धरानका १४ वटा […]