
धरान- १५ का वडा अध्यक्ष नरेश ईवारामले स्थानीय सरकार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सहकारीकर्मी र सहकारीमैत्री नभएकै कारण धरानका बचतकर्ताहरु पिडामा रहेको बताउनु भएको छ ।
जिल्ला सहकारी संघ धरान नगर सहकारी समन्वय समितीको आयोजनामा शनिबार आयोजित ‘सहकारी प्रवर्द्धनको निमित्त एक दिवशीय गोष्ठीका प्रमुख अतिथी वडाअध्यक्ष ईवारामले धरानको सहकारीहरुमा महामारी रोग झै फैलिएको अवस्थामा आए पनि धरान उपमहानगरपालिकाले महामारी रोक्न कुनै उपाय नअपनाएको बताउनु भयो । उहाँले भन्नू भयो ‘माहामारीले मर्नेहरु मरिगए पनि बाँच्नेहरुलाई स्थानीय सरकारको तर्फबाट डाक्टर बोलाएर औषधी उपचार तँ ! गर्ने काम भएन भएन घाउमा मलमपटी लगाउने समेत काम नभएको बताउनु भयो ।’ उहाँले “नेपालभर रहेका ७ सय ५३ वटा स्थानीय सरकार मध्ये धरान उपमहानगरपालिका एउटा सरकार रहेतापनि उपमहानगरपलिकाले सहकारी बचाउन केही काम गरेको छैन” ।
सहकारी व्यवस्थापन, सञ्चालन, नियमन, र विकासका लागि कानुनी आधार प्रदान गर्न नेपाल सरकारले कानुन बनाएको अनुसुचि ८ अनुरुप सहकारीको जन्म , काम कर्तव्य कार्यान्वयन हुने गर्दछ । तर स्थानीय सरकार धरानले निती बिधि अनुसार बजेट छुट्याएर सहकारीलाई चलायमान बनाउन उपमहानगरपालिकाले कोशिस नगरेको ईवारामले आरोप लगाउनु भयो । सहकारीकर्मीलाई हाल लागू रहेको कानुन सहकारी ऐन, २०७४ हो, जसले यसअघि रहेको सहकारी ऐन, २०४८ लाई प्रतिस्थापन नगरेको उहाँको आरोप छ । उहाँले भन्नु भौओ ‘आमालाई मात्र प्रसवको पिडाको महत्व थाहा हुने बताउनु हुदै, त्यसैले सहकारीमा महामारी रोग हैजा उत्पन्न भै हल्ला भएकोले, रोग हटाउन र सहजीकरण गर्न वडा नम्बर १५ को तर्फबाट भएपनि डाक्टर बोलाएर हैजा व्यवस्थापन गर्न भएपनि एक दिवसीय गोष्ठी गर्न आर्थिक सहयोग गरेको वडा अध्यक्ष ईवरामले बताउनु भयो ।
ईवारामले सहकारी सञ्चालनका न्युनतम २० वटा ऎन मेयर, उपमेयर, वडा अध्यक्ष देखि लिएर सहकारी सञ्चालक कार्यसमिती सदस्य र शेयर सदस्यहरुले समेतले सहकारी ऎन, नियामवली पढन जरुरी रहेको बताउनु भयो । उहाँले भन्नू भयो “सहकारीको आर्थिक प्रवर्द्धनका लागि २०७४ साल देखि सहकारीका लागि बजेट छुट्याएउदै आईरहेको छु” ।’
गोष्ठीमा जिल्ला बचत संघका उपाध्यक्ष उद्वव लिम्बुले एउटा सहकारिलाई पर्दा अर्को सहकारीले ताली पड्काउनु नहुने बताउनु भयो । उहाँले भन्नु भयो ‘एकलाई पर्दा अर्कोले सहकार्य, समन्वय र सहयोग गर्न सक्नु पर्छ, भावनात्मक विकास भएसँगै सहकारीको उन्नयन र समाजमा चौतर्फी फैलिएको नकरात्मक धारण बिलयभै सहकारीकर्मीको एकताद्धताले जनता माझ सकरात्मक भाव फैलिने” लिम्बुले बताउनु भयो ।
जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठले सहकारीहरुले एकअर्का सहकारीसग हातेमालो गर्न सिक्नुपर्ने बताउनु हुँदै ‘पहिले सहकारीलाई हेर्ने आम जनताको दृष्टिकोण वस्तुगत हुनुपर्दछ ।’ सहकारीलाई कुन स्थान दिने भन्ने सन्दर्भमा दार्शनिक तहमै हामी सच्चिनुपर्छ। अनिमात्र व्यवसाय सञ्चालन गर्ने एकल फर्म, साझेदारी कम्पनी, संयुक्त लगानी कम्पनी जस्तै सहकारी केबल एक अर्को शैली हो। यसले व्यावसायिक जगतमा परिपूरकको काम गर्छ। अनि शोषणरहित र समतामूलक समाज प्राप्तिको साधन मानेर रोमाञ्चित हुने गर्दछ”।
गोष्ठीको सहजीकरण नेफस्कूनका केन्द्रीय महासचिव घनश्याम अधिकारीले सहकारी संस्थाको सञ्चालक र उच्च व्यवस्थापनले वर्तमान अवस्थामा खेल्नु पर्ने भूमिका तथा क्षमता विकासको विषयमा सहजीकरण गर्नु भएको थियो। उहाँले सहकारीमा नियमन निकायले समयमा सुपरिवेक्षण नगर्दा सहकारी संकटग्रस्त बन्नुका मुख्य कारणहरु आन्तरिक कारण र बाह्य कारण प्रस्तुत गर्नु भएको थियो । ती हुन सहकारीका आन्तरिक कारणहर कमजोर नियमन प्रणाली, सुशासन र स्वनियमन, राजनैतिक हस्तक्षेप, सहकारीको सिद्धान्त, मूल्य, मान्यता विपरीत कार्य, महँगो ब्याजदर, शहरकेन्द्रित कारोबार, उत्पादन बजारीकरणमा न्यून उपस्थिति, बैंक वित्तीय संस्था र सहकारीको भूमिका स्पष्ट नहुनु, प्रविधि, प्रणाली र दक्ष जनशक्तिको अभाव रहेको बताउनु भयो । शनिबार सम्पन्न भएको गोष्ठीमा धरान भित्र रहेका ४९ वटा सहकारीबाट सहभागीता जनाएका थिए ।