सहित्य/सिर्जना

हिबिस्कस बाल क्लवद्धारा लोकनृत्य प्रतियोगिता


धरान: हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ स्थित हिविस्कस बाल क्लव ले सरस्वति पूजाका अवसरमा अन्तर विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न गरेको छ।
प्रतियोगितामा सिद्धार्थ शिशुसदन स्कुलकी सुवासना श्रेष्ठ प्रथम बनेकी छिन भने लिवर्टी रेसिडेन्सियल वोडिङ स्कुलकी टिका मगर दोस्रो बनेकी थिइन ।
त्यसैगरी जेनिथ वोडिङ स्कुलकी प्रिन्सा मगर तेस्रो र धरान स्कोलर एकेडेमीकी इक्सा लिम्बु सान्तवना बनेकी थिइन् ।
विजेता बनेकी श्रेष्ठले ४ हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र हात पारेकी थिइन भने दोस्रो बनेकी टिका मगरले ३ हजार नगद, ट्रफि मेडल र प्रमाण पत्र हात पारेकी थिइन् ।
प्रतियोगितामा जेनिथकी प्रिन्सा मगरले नगद २ हजार ट्रफि मेडल र प्रमाण पत्र हात पार्न सफल बनेकी थिइन ।
प्रतियोगितामा धरान स्कोलर एकेडेमीकी इक्सा लिम्बुले सान्तवना पुरस्कार प्राप्त गरेकी थिइन । प्रतियोगिताको निर्णायकहरुमा सरस्वती योगी र मणि लिम्बु रहेका थिए ।
प्रतियोगितामा धरानभरीका ९ वटा स्कुलका ११ जनाले सहभागीता जनाएका थिए ।
विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथिद्धय धरान वडा नं. १५ का वडा सदस्य वादल भट्टराई र एनप्याव्सन धरानका अध्यक्ष भगत लिम्बुले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।
सरस्वति पूजाका अवसरमा पूजा अर्चना मात्र नभएर विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्नको लागि नृत्य प्रतियोगिताको आयोजना गरीएको हिविस्कस स्कुलका
निर्देशक गंगाराम राईले बताए ।
यस्ता प्रतियोगिताहरुले विद्यार्थीहरु भित्र रहेको प्रतिभालाई प्रष्फुटन गर्ने अवसर प्राप्त हुनुका साथै पढाईका अतिरीक्त कृयाकलापमा पनि विद्यार्थीहरुलाई अगाडी बढाउन मद्धत पुग्ने बताए ।
कार्यक्रममा विशेष अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, प्रमुख अतिथिद्धय वडा सदस्य वादल भट्टराई र भगत लिम्वु, क्रियटिम स्कुल सर्कल धरानका सचिव पृथ्वी राईका मगरले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए । प्रतियोगिताको मुख्य प्रायोजन १५ वडा समितिले गरेको थियो ।

छुटाउनुभयो कि ?

सहित्य/सिर्जना

अन्तराष्ट्रीय मातृभाषा दिवसको अवसरमा मातृभाषा साहित्य पुरस्कार प्रदान

कोले न्युज: बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक अन्तर्राष्ट्रिय मातृभाषा दिवस धरानमा मनाएका छन। मातृभाषा सेवीहरूलाई राष्ट्रिय पुरस्कार पनि प्रदान