खेलकुद

पुरुष तर्फ मेघा हिमालयन र महिला तर्फ धरान उच्च मा.वि. हिसान बास्केटवल च्याम्पियन

धरान: हिसान सुनसरीको ११ औं स्पोर्टस मिट अन्तर्गत भएको हिसान बास्केटवल च्याम्पियनसिपको उपाधि धरान मेघा हिमालयन कलेज र धरान उच्च माविले चुमेको छ ।
धरान मेघा हिमालयनले पुरुष तर्फको उपाधि चुमेको हो भने धरान उच्चले महिला तर्फको उपाधि चुमेका हुन । पुरुष तर्फको फाइनल खेलमा धरान मेघाले धरान उच्चलाई ४६–२५ र महिला तर्फको खेलमा धरान उच्चले धरान मेघालाई २०–१८ अंकले पराजित गर्दै उपाधि जितेका हुन ।
उक्त खेलको उपाधि संगै धरान मेघा र धरान उच्चका खेलाडिहरुले ट्रफि, मेडल र प्रमाणपत्र हात पारे । प्रतियोगिताको उत्कृष्ट खेलाडि मोस्ट भ्यालुएवल प्लेयरको उपाधि पुरुष तर्फ धरान मेघा कलेजका प्रशान्त तामाङ र महिला तर्फ धरान उच्चका कासाङमा लिम्वु घोषित भए । यसैगरि फाइनल तर्फको म्यान अफ द म्याच पुरुष र महिला दुवै तर्फ धरान मेघा हिमालयनका सेजेन गुरुङ र स्वेता राई घोषित भए । उनिहरुलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । यसै गरि फाइनल खेलका टिम क्याप्टेन, कोच, म्यानेजर र व्यक्तिगत पुरस्कार विजेता खेलाडिहरुलाई प्रतियोगिताका प्रायोजक केआइइसि इटहरी र एक्सपर्ट भिसा सर्भिसले गिफ्ट ह्याम्पर प्रदान गरेको थियो ।

पुरुष तर्फको फाइनल खेलमा सहज जित निकालेका धरान मेघा र धरान उच्चले प्रत्येक क्वाटरमा ८–४, १५–४, ९–२ र १४–१५ अंक जोडेका थिए । यसै गरि महिला तर्फको खेल भने प्रतिश्पर्धात्मक रहेको थियो । प्रत्येक क्वाटरमा धरान उच्च र धरान मेघाले २–५, ९–०, ३–६ र ६–७ अंक जोडेका थिए । विजेता तर्फ उपविजेता खेलाडिहरुलाई प्रतियोगिताका प्रमुख अतिथि सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदि, हिसान सुनसरीका अध्यक्ष सागर भट्टराई, सिहान केन्द्रिय सदस्य गंगा चौलागाई, हिसान सुनसरी उपाध्यक्ष नेत्र सुवेदि लगायतले पुरस्कार वितरण गरेका थिए ।
 प्रतियोगिता व्यवस्थापन तथा प्राविधिक सहयोग सुनसरी बास्केटवल संघ र धरान वास्केटवल संघले गरेका थिए । प्रतियोगिामा महिला तर्फ ३ र पुरुष तर्फ १० टिमले सहभागिता जनाएको थियो ।।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक