राजनिती

राजनीतिक दलप्रतिको भ्रम चिर्न तरुण दल सक्रिय बन्नुपर्नेमा जोड


धरान: राजनीतिक दलप्रति सर्वसाधारणको सोचाई फरक हुदै गएको अवस्थामा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले भने जनतामा भएको भ्रमलाई अब युवा दस्ता दरुण दलले चिरेर जानुपर्नेमा जोड दिएका छन् ।
नेपाली काँग्रेको युवा दस्ता तरुण दल धरान नगर समितिको ५ औं अधिवेशनबाट निर्वाचितहरुको पदस्थापना तथा सम्मान कार्यक्रममा तरुणका युवाहरुले यस्तो बताएका हुन्
सो अवसरमा बोल्दै नेपाली काँग्रेसका जिल्ला स्तरीय नेता तथा धरान उपमहानगरपालिका १६ नं. वडा समितिका वडाध्यक्ष मुरारी भट्टराईले नेपाली काँग्रेसलाई उचाईमा पुर्‍याउने काम गर्ने बताउनुभयो । उहाँले आगामी ०८४ सालमा हुने संघीय, प्रदेश र स्थानीय निर्वाचनमा तरुण दलले राम्रो भूमिका निर्वाह गर्न सकेको खण्डमा नेपाली काँग्रेस ठूलो पार्टी बन्न सक्ने बताउनुभयो । उहाँले सबै जनमानसमा तरुण दल बस्न सफल भएको खण्डमा नेपाली काँग्रेस सफल हुने तर्क राख्नुभयो ।
यस्तै कार्यक्रमको प्रमुख अतिथी नेपाली काँग्रेस कोशी प्रदेश सदस्य नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङले तरुण दल समाजको जिम्मेवारी युवा दस्ता भएकोले वडा वडाबाट आफ्नो जिम्मेवारी वहन गर्न सकेको खण्डमा स्वास्थ्य र स्वच्छ समाज निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।
यस्तै तरुण दल धरान उपमहानगरसमितिका सभापति राम तामाङले पार्टीको निर्देशन अनुरुप सामाजिक कार्यमा अहोरात्र खटिने भएकोले तरुणले गरेको कामको फाइदा पार्टीले लिने बताउदै तरुणले गरेको हरेक कार्यमा सहयोग गर्न पार्टीका अग्रजहरुलाई आग्रह गर्नुभयो ।
सो अवसरमा पुर्व धरान नगर तरुणदल अध्यक्षहरुलाई सम्मान गरिएको थियो। नेपाली काँग्रेसका प्रदेश सदस्य गोबिन्द बस्नेत, महासमिती सद्स्य निवर्तमान धरानको मेयर तिलक राई, क्षेत्रीय सभापती सुजेन्द्र गोले, नगर सभापती श्याम पोखरेल लगाएतका नेताहरुको उल्लेख्य उपस्थिति रहेका थियो। उपस्थिति नेताहरुले तरुण दललाई समाज रुपान्तरणको काममा अहोरात्र खट्न सुझाव समेत दिएका थिए।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद