धरान विशेष

धरान १५ नम्बर वडा कार्यलयद्वारा महिलाहरुलाई उद्वघोषण तालिम

धरानका विभिन्न महिला समुहमा आवद्ध महिलाहरुको क्षमता बिकास गर्ने उदेश्यले दुई दिने प्रभावकारी उदघोषण कला तालिम सुरु भएको छ।
संगम महिला समुह धरानको आयोजनामा धरान-९ आचार्य लाईन स्थीत गरिमा डान्स सेन्टरको हलमा आजबाट दुई दिने उदघोषण कला तालिम सुरु भएको हो।
संगम महिला समुह धरानको अध्यक्ष रामकला राईको सभापतित्वमा भएको तालिमको उद्वाटन कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिका वडा नं १५ का वडा अध्यक्ष नरेशकुमार ईवारामले गरेका छन्।
धरान उपमहानगर पालिका वडा नंबर १५ को सहयोगमा सुरु भएको उक्त तालिममा आयोजक संगम महिला समुह सहित फूलबारी आमा समुह, हातेमालो उद्यमी महिला समुह, फूलबारी आमा समुह, मखमली आमा समुह, निराजन महिला समुह, श्यामचौक आमा समुह, सुन्दर महिला समुह, दिव्यज्योति महिला बचत तथा ऋण सहकारी संस्था, पन्चेबाजा समुहलगायत धरानका विभिन्न वडाका १० वटा महिलाका २१ जनाले उदघोषण तालिममा सहभागिता जनाएको आयोजक समुहकी सचिव कृष राईले जानकारी दिएकी छन।
दुई दिने उद्वघोषण तालिमको प्रशिक्षक एरा आर्ट एण्ड मिडिया प्रा.लि.संचालक सन्जु राई (सुमित्रा) रहेकी छन्।
धरान उपमहानगरपालिका कार्यपालिका सदस्य तथा धरान १५ का वडा सदस्य सृजना नेपाल, धरान १५ नंबर वडा सदस्यहरु रंगलाल गिरी, बादल भट्टराईको विशेष आतिथ्य तथा हातेमालो उद्यमी महिला समुहका अध्यक्ष लिला ढकाल, फूलबारी आमा समुहका अध्यक्ष जमुना खड्का, मखमली आमा समुहका अध्यक्ष मेनुका खड्का, निराजन महिला समुहका उपाध्यक्ष सुनिता लिम्बुलगायतको आतिथ्यमा उक्त तालिमको उद्वघाटनमा भएको हो।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।