शिक्षा

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार धरानका प्रमुखलाई अनेरास्ववियुको ध्यानाकर्षण



धरान: अनेरास्ववियु केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार इकाई कमिटीले क्याम्पस प्रमुख प्राध्यापक बसन्त राईलाई शुक्रबार ज्ञापनपत्र बुझाएको छ । उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई दिइदै आएको पुरस्कार रकमलाई निरन्तरता दिन र पुस्ककालयलाई व्यवस्थित गर्दै परिक्षा अगाबै पुस्तक पाउने व्यवस्था गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो

क्याम्पसमा अध्ययनरत ९ वटै फ्याकल्टिका विद्यार्थीहरुमध्ये उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई यस अघि क्याम्पसले २ हजारका दरले दिइदै आएको पुरस्कार रकम केही वर्षदेखि रोकिएकाले यसलाई निरन्तरता दिन र परिक्षा नजिकिदै जाँदा पनि पुस्तकालयबाट प्रदान गरिने पुस्तक सेवा विद्यार्थीहरुले नपाउँदा विद्यार्थीहरुलाई समस्या परेको क्याम्पस प्रमुख बसन्त राईलाई अवगत गराउँदै तत्काल सम्बोधन गर्न विद्यार्थी नेताहरुले आग्रह गरेका थिए ।
क्याम्पस हाताभित्र विद्यार्थीहरुको बाक्लो उपस्थितिमा प्रमुख राईलाई दुइ बुदे ज्ञापनपत्र बुझाइएको थियो । गरिव तथा जेहेन्दारका लागि दिइने रकमसंगै उत्कृष्ट अंक ल्याउनेलाई समेत २ हजार दिने गरिएको थियो यसले विद्यार्थीहरुमा हौसाला बढ्ने गरेको भएपनि विना कारण रोकिदा विद्यार्थी मर्कामा परेको अनेरास्ववियु क्याम्पस इकाई अध्यक्ष अनिरुद्र श्रेष्ठ (क्रिस) ले बताए ।
विद्यार्थीहरुसंग कुराकानी गर्दै क्याम्पस प्रमुख बसन्त राईले उत्कृष्ठलाई दिने रकम कसरी रोकिएको आफुलाई जानकारी नभएपनि यो दिन जरुरी रहेको जनाउदै आउने वार्षिक योजनामा रकमको व्यवस्था गरि निरन्तरता दिइने बताए । त्यस्तै पुस्तकालयबाट दिइने पसूतक सुविधाहरु परिक्षा अगाबै दिइने प्रतिवद्धता जनाए ।
क्याम्पस हातामै भएको छलफलमा नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा प्रचार विभाग उपप्रमुख भीमज्वाला राई र मजदुर नेता कमल भट्टराई, युवा नेता ब्रमग्य भट्टराई सहभागी थिए ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई