धरान: क्रियटिभ स्कुल सर्कल (सिएससि)ले आयोजना गरेको खेलकुद सप्ताह अन्तर्गतको दुइखेलको उपाधि धरान – १५ मा रहेको हिविस्कस इङ्लिस बोडिङ स्कुलले हात पार्न सफल भएको छ।
खेलकुद सप्ताह अन्तर्गत भएको विभिन्न खेलकुद अन्तर्गत अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता र फुटवल प्रतियोगिताको उपाधि हिविस्कसले हात पार्न सफल बनेको हो ।
नृत्य प्रतियोगितामा हिविस्कस स्कुलकी नायिमा राई प्रथम वनेकी थिइन भने वुद्ध आर्दश वोडिङ स्कुलका सत्कर्म योगि दोस्रो वनेका थिए । प्रतियोगितामा एप्पल मन्टेश्वरीकी करिश्मा राई तेस्रो स्थान वनेकी थिइन ।
त्यसैगरी प्रतियोगिता अन्तर्गत फुटवलतर्फ हिविस्कस इङलिस बोडिङ स्कुल प्रथम बनेको थियो भने डिपि विलिवर्स बोडिङ स्कुल धरान दोस्रो बनेको थियो ।
प्रतियोगितामा जोलसाया एकेडेमीका कुसल राई उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
चेस खेल प्रतियोगितामा जोलसाया एकेडेमीका सोनिप राई प्रथम हुन सफल बनेका थिए भने एक्वा एकेडेमीका प्रनाम राई दोस्रो स्थान हुन सफल बनेका थिए । प्रतियोगितामा डिपि विलिभर्स बोडिङका अनुष थापा मगर तेस्रो बनेका थिए ।
टेवल टेनिसको सिनियर गल्सतर्फ एक्वा वोडिङ स्कुलकी श्रृष्टी राई प्रथम बनेकी थिइन भने हिविस्कस स्कुलकी समिक्षा राई दोस्रो हुन सफल भएकी थिइन । त्यस्तै व्वाइज सिनियरमा डिपि विलिवर्सका अनमोल विष्ट प्रथम भएका थिए भने हिविस्कस बोडिङका स्मारक राई दोस्रो बनेका थिए ।
त्यसैगरी जुनियर गल्समा देउराली चिल्ड्रेन एकेडेमीकी अनुष्का सुनार प्रथम भएकी थिइन भने हिविस्कस स्कुलकी प्रोविका लामा दोस्रो वन्न सफल भएकी थिइन । जुनियर व्वाइज तर्फ एक्वा स्कुलका निसव भण्डारी प्रथम भएका थिए भने डिपि विलिभर्सका संगम राई दोस्रो भएका थिए ।
विजेता तथा सहभागी विद्यालयका खेलाडीहरुलाई क्रियटिभ स्कुल सर्कल –(सिएससि) धरानका अध्यक्ष गंगाराम राई र धरान उपमहानगरपालिका उपमेयर अइन्द्र विक्रम वेघाले ट्रफि, मेडल तथा प्रमाण– पत्र प्रदान गरेका थिए ।
विद्यार्थीहरुको सर्वाङिण विकासको लागि कार्यक्रमहरु आयोजना गर्दै आएको सिएससिका अध्यक्ष गंगाराम राईले बताए । २०७६ सालमा स्थापना गरीएको सो सर्कलले यस अघि पनि विभिन्न कार्यक्रमहरु गर्दैै आएको छ ।