खेलकुद

रेवाहाङ मेमोरियल बास्केटवलको उपाधी मेघा कलेजलाई

धरान: धरान मेघा कलेजको आयोजनामा आयोजित धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिताको उपाधी मेघा कलेजले चुमेको छ ।

आज भएको फाइनल खेलमा आयोजक धरान मेघा कलेजले होलिल्याण्ड इन्टरनेसनल स्कुललाइ थप समयमा ६२-५९ अंकको अन्तरले पराजित गर्दै उपाधी चुमेको हो ।
निर्धारित समय सम्ममा दुवै टिमले ५५-५५ बराबर अंक जोडे पछि चार मिनेट समय थप गरिएको थियो । थप समयमा धरान मेघाले ७-४ अंगको अग्रता लिदै उपाधी जितेको हो । निर्धारित समयको प्रत्येक क्वाटरमा धरान मेघा र होलिल्याण्ड्ले १६-८, ४-८, २०-१९ र १५-१० अंक जोडेका थिए । फाइनल खेलमा धरान मेघाका प्रशान्त तामाङले उत्कृष्ट प्रर्दशन गर्दै ब्यक्तिगत ३३ अंक जोडेका थिए ।
उपाधी सङ्गै धरान मेघा कलेजले नगद २५ हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरको छ भने उपबिजेता होलिल्याण्ड स्कुलले नगद १२ हजार ५ सय रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरको (एमभिपी) उपाधी आयोजक धरान मेघाका प्रशान्त तामाङ घोषित भएको थियो । उहाँले नगद दुई हजार ५ सय, ट्रफी, प्रमाणपत्र र फ्रेन्ड्स सिनेमाको दुइ ओटा फ्री कुपन प्राप्त गरेका छन । प्रतियोगिताको उदयमान खेलाडी राइजिङ प्लेयरको उपाधी मेघा कलेजका सिजन गुरुङ्ले प्राप्त गरे उनले नगद १ हजार, ट्रफी, प्रमाणपत्र र फ्रेन्ड्स सिनेमाको दुइओटा फ्री कुपन प्राप्त गरेका छन ।

बिजेता तथा उपबिजेताहरुलाई कार्यक्रमका सभाध्यक्ष धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बू, प्रमुख अतिथी धरान उपमहानगरपालिका उपमेयर अइन्द्र बिक्रम बेघा, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, रेवाहाङ रुछेन्बुङ स्मृती प्रतिष्ठानका अध्यक्ष रेवतिरमन राई र धरान १८ वडा सदस्य जमुना खत्री मोक्तान लगायतले पुरस्कार बितरण गर्नुभएको थियो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक