धरान-१ स्थित धरान मोडल कलेज र कौशिकी क्याम्पसबाट स्नातक तहको अध्ययन पूरा गरेर विभिन्न सरकारी सेवामा प्रबेश गरेका पुर्ब बिद्यार्थीहरु शनिबार सम्मानित भएका छन।
धरान-८ स्थित लाङ्घाली सामुदायिक भवनमा कलेजबाट स्नातक चौथो बर्षको अध्ययन पूरा गरेका बिद्यार्थीहरुका लागि आयोजना गरिएको बिदाई कार्यक्रमका अवसरमा सम्मान गरिएको हो। सम्मानित हुनेहरुमा स्थायी शिक्षक तर्फ बि.एड."पूरा गरेका समीक्षा राई, अभिषेक कट्वाल, लीला मगर, अनिता राई, हरि कार्की, मोहिमा लिम्बू रहेका छन। त्यस्तै प्रशासन तर्फ बिबिएस उत्तीर्ण गरि नायब सुब्बामा नाम निकाल्न सफल रीतुहाङमा लिम्बू समेत सम्मानित भएकी छिन।
सम्मानित बिद्यार्थीहरुलाई धरान मोडल एकेडेमी प्रा.लि.का अध्यक्ष बद्री तामाङ, कलेज ब्यबस्थापन समितिका अध्यक्ष डा.भवानी शंकर भट्टराई, शेयर सदस्य डा.जीवन कुमार राई, पन्चकन्या मा.बि.का प्र.अ. खेम सुवेदी,क्याम्पस प्रमुख प्रबिन राई, कौशिकी क्याम्पसका प्रमुख मोहन श्रेष्ठ लगायतले सम्मान पत्र सहित अबिर र खदा लगाएर सम्मान गरे।
सम्मानित पुर्ब बिद्यार्थीहरु विभिन्न सामुदायिक बिद्यालय र सरकारी कार्यालयमा पोस्टिङ भई सकेका छन। सम्मानित बिद्यार्थीहरुका तर्फबाट समीक्षा राईले आफुले कलेजमा बिताएका अनुभव साटेकी थिइन। मिहिनेत गर्यो भने नेपालमै पढेर र नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने आफुलाई आत्माबिश्वास बढेको भन्दै समिक्षाले कलेजमा अध्यानरत बिद्यार्थीहरुलाई मिहिनेतपुर्बक अध्ययन गरि सफल बन्न शुभकामना दिइन। अर्का पुर्ब विद्यार्थी हरि कार्कीले आफुले सरकारी सेवाको लागि अध्ययन कसरी गरे भन्नेबारे अनुभव सुनाए।
कार्यक्रममा बिबिएस, बिएड चौथो बर्षको अध्ययन पूरा गरेका बिद्यार्थीहरुलाई अबिर र खदा लगाएर बिदाई गरिएको थियो। त्यसैगरी बिबिएस र बिएड तेश्रो बर्ष र बिबिएस दोश्रो बर्षको बोर्ड परीक्षामा उत्तीर्ण भएका बिद्यार्थीहरुलाई समेत मायाको चिनो सहित अबिर र खदा लगाएर सम्मान गरिएको थियो।कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य र गीत प्रस्तुत गरे।
मोडल क्रीयटिभ ग्रुपका सदस्य सुबास कार्कीको अध्यक्षतामा भएको कार्यक्रम औपचारिक र अनौपचारिक गरि दुई चरणमा सम्पन्न भयो। औपचारिक कार्यक्रमको सन्चालन बिएसडब्लु कोअर्डिनेटर बिष्णु खनाल, बिद्यार्थीहरु राजेन्द्र लिम्बू र अमृता कार्कीले गरे। अनौपचारिक कार्यक्रमको सन्चालन छात्राद्वय सबिता पुरी र सन्ध्या राईले गरे।
भिडियो हेर्नुस