शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान


धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई शुक्रवार बधाई सहित सम्मान गरेको छ।


स्कुलको सभा हलमा एक कार्यक्रमको आयोजना गरि बिद्यार्थीहरुलाई सम्मान गरिएको हो।
बिद्यार्थीहरुलाई स्कुलका अध्यक्ष चन्द्र बहादुर सुवेदी, प्रीन्सिपल विद्या भूषण गुप्ता, धरान-६ का निबर्तमान वडा अध्यक्ष भुवन सिंह बस्नेत, स्कुलका निर्देशक अनिल कुमार बस्नेत, बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरु इन्द्र बहादुर बस्नेत, नेत्र बहादुर भुजेल, भाईस प्रीन्सिपल समीर चौलागाई लगायतले मायाको चिनो सहित अबिर र खदा लगाएर सम्मान गरे।


एस.ई.ई.स्पिकरकी बिजेता ममता तामाङ्लाई स्कुलले नगद ५ हजार समेत प्रदान गरेको छ। स्कुलका अध्यक्ष सुवेदी, प्रीन्सिपल गुप्ता लगायतले एस.ई.ई.उत्तीर्ण सम्पुर्ण बिद्यार्थीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरे। एस.ई.ई.स्पिकरकी बिजेता ममता तामाङले आफुलाई बिजेता बन्न हौसला, साथ र सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरिन। कार्यक्रममा स्कुलका कोअर्डिनेटर मोहन पाठकले स्वागत मन्तव्य ब्यक्त गरे।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

मेघा हिमालयन कलेजमा हस्पिटालिटी म्यानेजमेन्ट सम्बन्धि तालिम हुने

धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजमा आईतवार देखि हस्पिटालिटी म्यानेजमेन्ट सम्बन्धि १ महिने तालिम हुने भएको छ। शनिवार कलेजमा पत्रकार