
धरान: हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ को हिबिस्कस बाल क्लबले विद्यार्थीलाई पढाइसँगै सामाजिक सेवामा लाग्न व्यवहारीक शिक्षा दिएको छ ।
स्कुलले सामाजिक सेवामा जोड्ने उद्देश्यले आज मंगलवार धरान तिन्कुनेमा रहेको शनि मन्दिर र विश्वकर्मा मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरेको हो ।
बाल क्लबले आफ्नो मासिक सरसफाइ अभियानअन्तर्गत मन्दिर परिसरमा सरसफाइ गरेको जनाएको छ ।
यसअघि क्लबले सडक क्षेत्र लगायत विभिन्न स्थानमा नियमित रूपमा सरसफाइ गर्दै आएको विद्यालयले जनाएको छ।
विद्यालयका निर्देशक गंगराम कुलुङ राईले आगामी बिहीबार असोज १ गते विश्वकर्मा पूजा हुने भएकाले उक्त मन्दिर क्षेत्रमा भक्तजनको अत्याधिक भीड हुने भएकाले पूजा अगावै मन्दिर क्षेत्र सफा गरिएको जानकारी दिएकाछन् ।
उनले मासिक रुपमा गरीदै आएको सरसफाई कार्यक्रम यस पटक सो मन्दिरमा गरीएको निर्देशक राईको भनाई रहेको छ ।
विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी सामाजिक कार्यमा सहभागी गराउँदै सामाजिकरण र सेवाभावको विकास गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको राईले बताए।
हिबिस्कस बाल क्लबले सरसफाइसँगै विभिन्न समयमा विद्यार्थीले आफ्नै खाजा खर्चबाट बचाएको रकम संकलन गरी मानवीय सेवाका कार्यसमेत गर्दै आएको छ।
क्लबले विद्यार्थीको व्यक्तित्व तथा नेतृत्व क्षमता विकासका लागि यस अघि पनि विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

