धरान: नेपाली काँग्रेस धरान नगर समितिले सोमबार धरानको समग्र विकासमा मिलेर अगाडि बढ्न मेयर हर्क साम्पाङलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । सोही ध्यानाकर्षण पत्र उपमेयर अइन्द्र विक्रम बेघा र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राईलाई समेत बुझाएका छन।
नगरका सभापति श्याम पोख्रेलेको नेतृत्वमा मेयर राईलाई
३३ बुदे ध्यानकर्षणपत्र बुझाउदै धरान आफ्नो श्रम, सीप लगानी र मेहेनतले निर्माण गरेको शहर भएकोले विगतदेखि नै जनसहभागिताको सहरको रुपमा चिनिएको, धार्मिक सद्भाव कायम गर्न राजनैतिक, सामाजिक, शैक्षिक एवम् धार्मिक रुपमा सद्भाव कायम गर्दै भाईचारा, भातृत्व र विकास निर्माणको उदाहरण बन्न मेयर राईलाई ध्यानाकर्षण गराएका थिए ।
राष्ट्रिय गौरवको योजनामा रहेको जोगबनी किमाथाङ्का राष्ट्रिय सडकलाई धरानबाट निकास दिनुपर्ने, धरानमा रहेका खोलाहरुमा तटबन्ध निर्माण गरी जनधनको क्षति हुनबाट जोगाउन आवश्यक रहेकोले मसाने, अधेरी, शेरा, सर्दु, सेउती र खहरे खोलाहरुमा तटवन्ध सहित करिडोर निर्माण गरिनुपर्ने, वान वे प्रभावकारी बन्दै गएकोले १, २ र ३ मा रहेका सडकलाई मर्मत तथा पुनर्निर्माण गरिनुपर्ने, धरान–३ मा रहेको धरान उप–महानगरको स्वामित्वको सपिङ्ग मललाई स्तरोन्नती गरी आयआर्जन गर्नेगरी सञ्चालन गरिनुपर्ने बुदाहरु उल्लेख छ।
परम्परागत सीपमूलक कार्यक्रमहरुलाई प्रोत्साहन गर्ने गरी बजेटको व्यवस्थापन गर्नुपर्ने, प्रदुर्षलाई ध्यानमा राखी इलेक्ट्रिक भेकल गाडीहरु सञ्चलानमा जोड दिनुपर्ने,
सर्दु जलाधारको रुपमा व्याख्या गरी धरान उप महानगरपालिका १३ नं. वडावासीलाई सम्बोधन गरी सर्दु जलाधारको जग्गा सीमा विवादलाई यथासक्य सम्वन्धित पक्षसँग समन्वय गरी जग्गा विवादलाई निष्कर्षमा पुर्याउन पहल गरिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।