खेलकुद

‘सुनाखरी रेड’ सुनाखरी एकेडेमी कपको बिजेता

‘सुनाखरी रेड’ सुनाखरी एकेडेमी कपको बिजेता धरानः सुनसरी जिल्ला अन्तर विद्यालय सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको बिजेता आयोजक सुनाखरी एकेडेमीको सुनाखरी रेडले चुमेको छ । एन्फा टेक्निकल सेन्टरमा बुधवार भएको फाइनल खेलमा नेपाल पुलिस स्कुललाई ट्राईबेकरमा ३–२ ले पराजित गर्दै सुनाखरी रेडले पहिलो संस्करणको उपाधि चुमेको हो । ट्राईबेकरमा सुनाखरी रेडका एलिन थापा मगर, श्रीहाङ […]

शिक्षा

सुरेन्द्र घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षयकोष स्थापना

धरान-१४ निवासी शिक्षाप्रेमी सुरेन्द्र घिमिरेले सोमबार आफ्नो जन्म दिनको अवसरमा दन्तकाली माविमा आमा शोभादेवी घिमिरेको नाममा १ लाख रुपैयाको अक्षयकोष स्थापना गरेका छन्।यस अवसरमा वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई र शिक्षक–अभिभावक संघका अध्यक्ष गोकुल प्रसाद पोख्रेलको रोहवरमा घिमिरेले बिद्यालयका प्रधानाध्यापक बिनोद बस्नेतलाई १ लाख ५ रुपैयाको चेक हस्तान्तरण गरेका थिए। प्रधानाध्यापक बस्नेतले आफ्नो जन्म दिनमा […]

शिक्षा

नेबिसंघ स्ववियु परिषदको केन्द्रीय सभापतिमा राई र कोशी प्रदेश उपसभापतिमा लिम्बू निर्वाचित

धरान: नेपाल विद्यार्थी संघ स्वतन्त्र बिद्यार्थी युनियन परिषद् नेपालको निर्वाचन बाट महेन्द्र बहुमुखी क्याम्पस धरानको प्रतिनिधित्व गर्दै केन्द्रीय सभापतिमा प्रसान राई कोशी प्रदेश उप-सभापतिमा आलोक लिम्बू सर्वसहमत निर्वचित भएका छन। महेन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका राई अध्यक्ष र लिम्बु कोषध्यक्ष हुन। नेबिसंघ स्वतन्त्र विद्यार्थी युनियन परिषद नेपालको नियमावली, २०५२ को नियम ७ बमोजिम स्वतन्त्र विद्यार्थी […]

समाज

बुधबारदेखि चासोक तङ्नाम पर्व शुरु: यो पर्वलाई लिम्बु जातिले साँस्कृतिक पर्वको रुपमा अंगाल्दै

धरान: धरानस्थित चुम्लुङ हिम परिसरमा यस वर्षको चासोक तङ्नाम (न्वागी पूजा) भव्य र सांस्कृतिक गरिमासहित बुधबारबाट मनाइदैछ किरात याक्थुङ चुम्लुङ, उपमहानगर कार्यसमिति धरानले परम्परा, श्रद्धा र सांस्कृतिक पहिचानलाई समेट्दै विविध कार्यक्रमसहित न्वागी पर्व मनाउन लागेको हो ।किरात याक्थुङ चुम्लुङ धरानका अध्यक्ष तीर्थराज मादेम्बाका अनुसार चासोक तङ्नाम लिम्बू समुदायको सांस्कृतिक तथा धार्मिक पहिचानको पर्व हो, प्रकृति […]

स्वास्थ्य/जिवनशैली

बिपि प्रतिष्ठानको कार्यसम्पादन, वेटिङ टाइम र स्रोत साधनको प्रत्यक्ष जाँच गर्न स्वास्थ्य मन्त्री गौतम धरानमा

बिपि प्रतिष्ठानको कार्यसम्पादन, वेटिङ टाइम र स्रोत साधनको प्रत्यक्ष जाँच गर्न स्वास्थ्य मन्त्री गौतम धरानमाधरान: स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम अस्पतालको कार्यसम्पादन, वेटिङ टाइम, क्लिनिक सञ्चालन र स्रोत–साधनको प्रयोग प्रत्यक्ष मूल्यांकन तथा अनुगमन गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आईपुगेकी छिन । मन्त्री गौतम मंगलबार विपी प्रतिष्ठान आईपुगेर भनिन्, “ बिजनेस मिटिङ र […]

धरान विशेष

नगरप्रमुख अध्यक्ष रहेको सुम्निमा पारुहाङ प्रतिष्ठानको सबै कागजात बुझाउन अख्तियारको पत्र

धरान: अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सुम्निमा पारुहाङ प्रतिष्ठान नेपालको दर्ता प्रकिया, आर्थिक श्रोत र खर्चसम्बन्धी सबै कागजात १५ दिनभित्र बुझाउन औपचारिक रूपमा निर्देशन दिएको छ। प्रतिष्ठानमार्फत रकम अपचलन तथा सरकारी ऐलानी श्रेणीका जग्गा व्यक्तिबाट खरिद गरेको आरोपसहित उजुरी दर्ता भएपछि अख्तियारले प्रारम्भिक छानबिन अघि बढाएको हो। अख्तियारले मंसिर १४ गते आएको पत्र सार्वजनिक भएपछि […]

शिक्षा

हिबिस्कस क्विज मेनियाको तयारी तीव्र, २५ विद्यालयले नाम दर्ता गराए

धरान, इटहरी, इनरुवा, बराहक्षेत्र, मोरङसहित विभिन्न ठाँउका विद्यालयहरूलाई पत्र पठाइसकेपछि “हिबिस्कस क्विज मेनिया सिजन–४” का लागि विद्यालयहरूले नाम दर्ता गर्ने क्रम तीव्र बनेको छ। हालसम्म २५ विद्यालयले औपचारिक नाम दर्ता गराइसकेको विद्यालयले जनाएको छ।विद्यालयका निर्देशक गंगाराम राईका अनुसार दर्ता गर्ने अन्तिम म्याद मङ्सिर २५ तोकिएको छ, र सो म्यादभित्र जति विद्यालयले चाहे पनि सहज रूपमा […]

शिक्षा

इटहरीमा पुस ५ र ६ गते अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन हुने

इटहरी: उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि इटहरीमा पुस ५ र ६ गते हुने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनको तयारी तिब्र गतिमा भइरहेको छ । जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रुपमा विकास गरेर लैजाने उद्देश्यका साथ हुन लागेको सम्मेलनका लागि मंसिर १४ गते सम्ममा अनलाइन माध्यमबाट ६० वटा अवधारणपत्र दर्ता भइसकेका छन् । देश तथा […]

खेलकुद

सुनाखरी एकेडेमी कप: नेपाल पुलिस स्कुल फाइनलमा प्रवेश

धरान–१७ स्थित एन्फा एकेडेमीको खेलमैदानमा सोमबार सम्पन्न पहिलो सुनाखरी एकेडेमी कप–२०८२ को अन्तिम सेमिफाइनलमा नेपाल पुलिस स्कुलले ज्वालामुखी माध्यमिक विद्यालयलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।निर्धारित ९० मिनेटमा दुवै टोलीले कुनै गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। खेलभरि आक्रामक प्रदर्शन गरेको पुलिस स्कुलका धेरै प्रयासहरू ज्वालामुखीको सशक्त र संगठित डिफेन्सले […]

खेलकुद

नौलो पथ ब्याडमिन्टन क्लबद्वारा नगरस्तरीय ब्यडमिन्टन प्रतियोगिताको आयोजना

धरान–१५, सुनसरीस्थित नौलो पथ ब्याडमिन्टन क्लबले आगामी मंसिर १८ देखि २० गतेसम्म धरान नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता क्लबको आफ्नै व्याडमिन्टन हलमा सञ्चालन हुन आयोजकले जनाएको छ ।शारीरिक दन्तुरुस्तीसँगै व्याडमिन्टन खेलको विकासका लागि नगरस्तरबाटै योगदान पुर्‍याउने उद्देश्यले नौलो पथ व्याडमिन्टन क्लबले् पहिलोपटक नगरस्तरीय प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष दिपेन्द्र पराजुलीले जानकारी […]