खेलकुद

कोशी प्रदेशमै पहिलो पटक धरानमा प्रथम एन्फा प्रेसिडेण्ट कप यु -१५ फुटबल प्रतियोगिता हुने

धरान : आईतवार धरान -१७ स्थित एन्फा ऐकेडेमि फुटबल ट्रेडिङ सेन्टर खेल मैदानको सभाहलमा पत्रकार सम्मेलन गरि एन्फा प्रेसिडेण्ट कप यु -१५ हुने आयोजकले जानकारी दिएको छ । कोशी प्रदेश फुटबल संघका उपाध्यक्ष शिव न्यौपानेले प्रेस विज्ञप्ति मार्फत खेलबारे जानकारी दिएका छन । मंसिर २७ गतेदेखि पौष ६ गतेसम्म संचालन हुने एन्फा प्रेसिडेन्ट कप यु-१५ […]

समाज

रामधुनी नगरपालिका वडा ७ का अध्यक्ष महिला सहित धरानको होटलमा पक्राउ

रामधुनी नगरपालिका वडा ७ का अध्यक्ष केशव गौतम महिला सहित धरान-१२ चतरालाईन स्थित शुभकामना होटेलबाट रंगेहात पक्राउ परेका छन् । वडाध्यक्ष गौतम शनिवार महिलासँग होटेलमा रहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो । नेकपा एमालेबाट दोस्रो कार्यकाल पनि वडाध्यक्ष चुनिएका गौतम रामधुनी–७ कै महिलासँग रंगेहात भेटिएको […]

राजनिती

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले घुर्मी लेगुवा २६ गते देखि अनिश्चितकालिन बन्दको आव्हन

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति सहित आज शनिबार फेरि पहिचानवादीहरुद्वारा प्रेस विज्ञप्ति जारी गर्दै। उक्त प्रेस विज्ञप्तिमा पहिचानको आन्दोलन एमाले, काङ्ग्रेस, माओवादी केन्द्र विरुद्ध होइन। पहिचानको आधारमा पुनः नामकरण आम जनताको माग हो। यो कुरा पुनः दोहोऱ्याउँदै मसिर २६ गतेदेखि हुने मध्य पहाडी मार्ग ‘घुमर्मी-लेगुवा सडक अनिश्चितकालीन वन्द’ प्रभावकारी बनाउन थप सक्रिय […]

समाज

लिम्बू थरगत संस्था याक्थुङ सयङको दोस्रो भेला सुरु

लिम्बू थरगत संस्था ( याक्थुङ सयङ) को भूमि अधिकार सम्बन्धि दोस्रो भेला तथा वैठक उद्घाटन भएको छ । आज शनिबार धरान उपमहानगर वाड – १५ स्थित किराँत याक्थुङ चुम्लुङको सभाहलमा लिम्बु थरगत संस्था मुल अभियान समिती तथा  सहजिकरण समुहको आयोजनामा लिम्बुहरुको थरगत संस्था (याक्थुङ सयङ)हरुको भुमि अधिकार सम्बन्धि दोस्रो भेला तथा बैठक पहिलो दिनको उदघाटन […]

धरान विशेष

श्रमदानबाट धरानमा एयरपोर्ट बनाउछौ – हर्कराज राई

बीस वर्ष अगाडि देखि धरानमा एयरपोर्ट बन्ने आश्वासन दिएको धरान वडा न.- १७ डाँडाघोपा बासीहरुलाई नेपाल सरकार तथा नेपाल उड्डयन प्राधिकरण र मेयर हर्कराज राईले फेरि आश्वासन त दिई रहेको छैन ? धरानमा एयरपोर्ट बनाउने हल्ला २० बर्ष अघिको हो । एयरपोर्ट त बनेन बनेन तर हल्ला भने हुन छाडेको छैन । पछिल्लो समय नेपाल […]

धरान विशेष

फेरि बिउँझियो धरानको एयरपोर्ट चर्चा: नागरिक उड्यान प्राधिकरणको अध्यान टोली धरानमा

धरानमा हरेक चुनावमा मात्र चर्चा हुने एयरपोर्टको स्थलगत अध्ययन गर्न नागरिक उड्यान प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोली बुधवार धरान आईपुगेका छन। प्राधिकरणका प्रबन्धक एवं इञ्जिनियर नलबिक्रम थापाको संयोजकत्वमा गठित टोली बुधबार धरान आएको हो । टोलीमा रहेका सदस्यहरु वरिष्ठ कानुन अधिकृत विमल खनाल र सि.ए.(चाटर्ड एकाउन्टेन्ट) अनिल बस्नेत पनि स्थलगत अध्ययनको लागि आएका छन् […]

धरान विशेष

पुर्वाञ्चल क्याम्पस धरानमा राष्ट्रीय प्राविधिक महोत्सव आयोजना हुने

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा राष्ट्रिय प्राविधिक महोत्सव आयोजना गर्ने तयारी थालिएको छ।डेल्टाको पाचौं संस्करण डेल्टा 4.0 ले थीम ग्रीन टेक्नोलोजी अन्तर्गत नेशनल लेभल टेक्निकल फेस्टिबल आयोजना हुने । धरान ८ स्थित पूर्वाञ्चल क्याम्पसमा रहेका स्वतन्त्र विधार्थी युनियनको साथै सात वटा इन्जिनियरिङ्ग संकाय सम्बद्ध गैर-राजनीतिक विद्यार्थी समाजहरुको सहकार्यमा स्थापित डेल्टाले नेशनल लेभल टेक्टीकल फेष्टीबल आयोजना गर्दै आएको […]

समाज

जाजरकोटका भुकम्प पिडीतलाइ एमाले धरानद्वारा नगद सहयोग

नेकपा एमाले धरान नगर कमिटीले जाजरकोटका भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको छ। मंगलबार धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत भूकम्पपीडितका लागि कमिटीले रकम हस्तान्तरण गरेको हो।एमाले धरानले राहत संकलनका लागि ९ सदस्यीय राहत सङ्कलन समिति निर्माण गरेको संयोजक पारस काङमाङ राईले जानकारी दिए धरानका जनताबाट सङ्कलन गरिएको रकम थोरै भए पनि सहयोग गर्न सकौ भनेर राहत सङ्कलन गरिएको […]

स्वास्थ्य/जिवनशैली

इटहरी उपमहानगरले महिला स्वास्थ्य स्वयंसेविकालाई १ लाख नगद सहित बिदाइ

इटहरी / इटहरी उपमहानगरपालिकाले ६० वर्ष उमेर पूरा भएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाइ गरेको छ ।इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले ६० वर्ष उमेर पूरा भएका २६ जना स्वयंसेविकालाई नगद १ लाख सहित विदाई गरिएको हो । स्वास्थ्य स्वयंसेविका कार्यक्रम लागू भएको देखि निरन्तर सेवारत उनीहरुलाई उपमहानगरपालिकाका तर्फबाट सेवा अवधिका आधारमा प्रोत्साहन रकम उपलब्ध […]

समाज

नेपाली काँग्रेस धरानले भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा दुई वटा घर बनाई दिने

नेपाली काँग्रेस धरान नगरका ६ जनाको टोली जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावित क्षेत्रमा पिडित परिवारलाई आवास निर्माण गर्न निबर्तमान मेयर तिलक राईको नेतृत्वमा मंगलबार धरान बाट जाजरकोट प्रस्थान गरेका छन। मंसिर ५ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले गरेको निर्णय अनुरुप जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रका पीडित परिवारहरुलाई अस्थायी आवास निर्माण अभियानमा पार्टीका […]