राजनिती

देउवा कांग्रेस सुनसरीमा ४० सदस्यीय समिति गठन, सभापतिमा सन्दीप श्रेष्ठ


धरान: नेपाली कांग्रेसको देउवा समूहअन्तर्गत १५औँ नियमित महाधिवेशनबाट सुनसरी जिल्ला सभापतिमा सन्दीप श्रेष्ठ निर्वाचित भएका छन्।
बुधबार धरान–१५ स्थित धरान किचनमा सम्पन्न देउवा समूहको सुनसरी जिल्ला अधिवेशनले श्रेष्ठको सभापतित्वमा ४० सदस्यीय जिल्ला समिति गठन गरेको हो।
समितिको उपसभापतिमा श्यामकृष्ण ढकाल, सचिवमा मनिषकुमार राय र सहसचिवमा रोशन खड्का निर्वाचित भएका छन्।
त्यस्तै, सदस्यहरूमा गणेशलाल चौधरी, विवस निरौला र शुभाष चौधरी निर्वाचित भएका छन्। बाँकी सदस्यहरू सुनसरीका सबै नगरबाट मनोनित गरिने सभापति श्रेष्ठले बताए।
अधिवेशनमा नेपाली कांग्रेसका संयोजक डा. शशांक कोइराला, नेताद्वय डा. प्रकाशशरण महत र मोहनबहादुर बस्नेत, केदार कार्कीलगायत केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३