खेलकुद

एपीएफसँग आर्मी स्तब्ध,गीताले जितिन् प्लेयर अफ द म्याच


धरान : अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) ले विभागीय प्रतिद्वन्द्वी नेपाल आर्मीलाई २–० गोलले पराजित गरेको छ।
धरान–१६ स्थित धरान रङ्गशालामा मंगलबार राति भएको खेलमा एपीएफले पहिलो हाफमै दुई गोल गर्दै जित निकालेको हो।
खेलको १०औँ मिनेटमा अनिता बस्नेतले गोल गर्दै एपीएफलाई अग्रता दिलाइन्। पहिलो हाफको अतिरिक्त समयमा गीता रानाले अर्को गोल थपेपछि एपीएफले २–० को अग्रता बनायो।
दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। आर्मीले गोल फर्काउन नसक्दा एपीएफ २–० गोलले विजयी भयो।
खेलमा एपीएफका लागि अनिता बस्नेत र गीता रानाले समान एक–एक गोल गरे।
खेलको प्लेयर अफ द म्याच एपीएफकी गीता राना घोषित भइन्। उनले नगद १० हजार रुपैयाँसहित मेडल प्राप्त गरिन्।
रात्रिकालीन खेल हेर्न रङ्गशालामा दर्शकको बाक्लो उपस्थिति थियो।
धरान–१९ स्थित डी नाइन्टिन क्लबको आयोजनामा कात्तिक २८ देखि मङ्सिर ६ गतेसम्म प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोगितामा नेपालका सात क्लबसहित भारतको एक टोली गरी आठ टोली सहभागी छन्।
महिला फुटबललाई प्राथमिकता दिँदै धरानमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको गोल्डकप आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ईभी स्कुटर पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताअन्तर्गत बिहीबार आयोजक स्वर्णिम फुटबल क्लब धरान र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक