मनोरञ्जन समाचार

धरान फिल्म महोत्सवको लागि फिल्म आह्वान

धरानमा पहिलो पटक आयोजना हुन लागेको धरान फिल्म फेस्टिभलको लागि फिल्म आवेदन खुलेको छ । मंगलबार चलचित्र पठाउन सक्नेगरी अनलाइन फारम सार्वजनिक गरिएको छ ।

फेस्टिभलका लागि सहभागी हुन र आफ्ना चलचित्र प्रदर्शन गर्न चाहानेहरुले फिल्म पठाउन सक्नेछन् । बीपीफोर इन्टरटेन्मेन्टको आयोजनमा हुने लागेको सो फेस्टिभलका लागि ४० मिनेटसम्मको फिचर चलचित्र, छोटो चलचित्र, डकुमेन्ट्री र अन्य विधाका फिल्महरूको आवेदन खुला गरिएको छ ।

आयोजकले फेस्टिभलको आधिकारीक फेसबुक पेजमार्फत कुआर र लिंक सार्वजनिक गरेको छ । फेस्टिभलको आधिकारिक वेबसाइट धरानफिल्मफेस्टिभल डट ओआरजी मार्फत फिल्म पठाउन सकिने आयोजकका सञ्चालक तथा फेस्टिभलका निर्देशक बिनोद विश्वकर्माले जानकारी दिए । उनका अनुसार इभेन्ट व्यवस्थापक इभेन्टलयको वेबमार्फत पनि फिल्म पठाउन सकिने छ । अनलाइन फारम १० मंसिरसम्म मात्र खुल्नेछ ।

महोत्सव आगामी मंसिर २७ र २८ गते धरानमा आयोजना हुँदैछ । महोत्सवमा छनोट भएका चलचित्र प्रदर्शन, वर्कशप तथा मास्टरक्लास, चलचित्र पत्रकार र कलाकारबीच अन्तरक्रिया, चलचित्र पर्यटनसँग सम्बन्धित प्यानल डिस्कसन, विशेष चलचित्र प्रदर्शन, विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान र सांस्कृतिक प्रदर्शनी समावेश रहेको निर्देशक विश्वकर्माले जानकारी दिए ।

फेस्टिभलको आधिकारिक वेबसाइट र इभेन्टलयमार्फत कार्यक्रमका विभिन्न विधाका रजिष्ट्रेशन फारमहरु खुल्ने आयोजकले जनाएको छ ।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता