राजनिती

कांग्रेस (देउवा समुह) धरान–१५ को वडा अधिवेशन सर्वसम्मत सम्पन्न

कांग्रेस (देउवा समुह) धरान–१५ को वडा अधिवेशन सर्वसम्मत सम्पन्न

धरान: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत (देउवा समुह) को सुनसरी क्षेत्र नम्बर १, धरान उपमहानगरपालिका–१५ नम्बर वडा अधिवेशन आज सम्पन्न भएको छ।

बुधबार धरान–१५ स्थित होटल धरान किचनमा सम्पन्न अधिवेशनबाट डम्बरबहादुर गुरुङ वडा सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। यस्तै, उपसभापतिमा दुर्गामाया तामाङ र गोपाल घिमिरे, सचिवमा सुमन श्रेष्ठ र मनिषा श्रेष्ठ (राई) तथा सहसचिवमा दोजिहाङ सुब्बा र गणेश खड्का सर्वसम्मत निर्वाचित भएका छन्।

निर्वाचन अधिकृत विनोद नेपालका अनुसार अधिवेशनबाट २५ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।

अधिवेशनबाट सुनसरी क्षेत्र नम्बर १ का लागि ५१ जना क्षेत्रीय प्रतिनिधिसमेत सर्वसम्मत चयन भएका छन्। नेपाली कांग्रेसका जिल्ला संयोजक सन्दिप श्रेष्ठको उपस्थितिमा वडा अधिवेशन सम्पन्न भएको निर्वाचन अधिकृत नेपालले जानकारी दिए।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर १ मा धरान उपमहानगरपालिकाका अन्य वडाको अधिवेशन तथा नगर अधिवेशनसमेत क्रमशः सम्पन्न गरिने जनाइएको छ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३