आर्थिक

बुढासुब्बा टेन्ट हाउसले १५ लाख नदिएको राजुको दाबी, सञ्चालक भन्छन् ७ लाख मात्र बाँकी


धरान : धरान–१७ स्थित बुढासुब्बा टेन्ट हाउसले आफूलाई विगत दुई वर्षदेखि काममा लगाएर श्रमको उचित पारिश्रमिक नदिएको तथा करिब १६ लाख ८६ हजाररुपैयाँ भुक्तानी गर्न बाँकी रहेको न्यु कोलकत्ता फ्लावर डेकोरेशन हाउसका सञ्चालक राजु वाणीले दाबी गरेका छन्।
बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै राजुले बुढासुब्बा टेन्ट हाउसका सञ्चालकसँग पटक–पटक रकम माग्दा ‘भइहाल्छ’ भन्दै टार्ने गरेको आरोप लगाए। रकम माग्न जाँदा कहिले बिरामी भएको बताउने र कहिले आफूलाई धम्क्याउने गरेको उनको दाबी छ।

आफ्नो श्रमको पारिश्रमिक तथा बाँकी रकम नपाएको भन्दै राजुले असोज १६ गते धरान उपमहानगरपालिकाको न्यायिक समितिमा निवेदन दिएको बताए। उनले न्यायिक समितिमार्फत आफ्नो बाँकी रकम असुल गराइदिन माग गरेको जानकारी दिए।
यता,बुढासुब्बा टेन्ट हाउसका सञ्चालकले भने राजुले दाबी गरेजस्तो १६ लाख ८६ हजार रुपैयाँ तिर्न बाँकी नरहेको बताएका छन्। उनका अनुसार राजुलाई करिब ७ लाख रुपैयाँ मात्र भुक्तानी गर्न बाँकी छ।
बुढासुब्बा टेन्ट हाउसका सञ्चालक आकाश भगतले बाँकी रकम चाँडै भुक्तानी गर्ने बताएका छन्।
रकमको वास्तविक हिसाब तथा भुक्तानीसम्बन्धी विवाद भने न्यायिक समितिमा पुगेको निवेदन र दुवै पक्षबीचको हिसाब–किताबबाट स्पष्ट हुने देखिन्छ।

छुटाउनुभयो कि ?

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य
आर्थिक

पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरि निगमले मूल्य घटाएको