धरान विशेष

असोज २७ मा ‘सडक मानवमुक्त धरान’ घोषणा, उद्धार संयन्त्र २४ घण्टा सक्रिय हुने


धरान: धरान उपमहानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा आश्रयविहीन अवस्थामा रहेका व्यक्तिको उद्धार,परिवार पुनर्मिलन र दीर्घकालीन व्यवस्थापनसहित ‘सडक मानवमुक्त धरान’अभियान अघि बढाउने भएको छ।
सोमबार कार्यवाहक नगरप्रमुख अइन्द्र विक्रम बेघाको उपस्थितिमा बसेको स्थानीय निर्देशक समितिको बैठकले आगामी असोज २७ गते धरानलाई ‘सहयोगापेक्षी मानवमुक्त नगर’ घोषणा गर्ने तयारी गरेको हो।
सडक आश्रित मानवको व्यवस्थापनका लागि धरान उपमहानगरपालिकाले १० लाख र कोशी प्रदेश सरकारले १० लाख गरी २० लाख रुपैयाँ बजेट छुट्याएको छ। सडक आश्रित व्यक्तिको सुरक्षित तथा व्यवस्थित व्यवस्थापनका लागि मानव सेवा आश्रम धरानसँग सम्झौता गरिएको उपमहानगरपालिकाले जनाएको छ।
धरानलाई सहयोगापेक्षी मानवमुक्त नगर बनाउन नीतिगत तथा वित्तीय प्रत्याभूति, संस्थागत साझेदारी तथा संयन्त्र निर्माण, उद्धार संयन्त्र र सचेतना तथा मानवीय प्रवर्द्धन गरी चार स्तम्भलाई आधार बनाइएको छ। स्थानीय निर्देशक समितिको मूल्याङ्कन तथा सिफारिस र नगरको निर्णयपछि औपचारिक घोषणा गरिनेछ।
कावा बेघाले अभियान भानुचोकमा मात्र सीमित नराखी धरानका सबै क्षेत्रमा सञ्चालन गरिनेछ। सडकमा भेटिएका व्यक्तिको अवस्था पहिचान गरी परिवार खोजी घर फर्काउने, बालबालिकालाई विद्यालय पठाउने तथा परिवार पत्ता नलागेकालाई मानव सेवा आश्रममा व्यवस्थापन गरिने बताए।
बेघाले भने ‘घोषणापछि सडकमा सहयोगापेक्षी व्यक्ति भेटिए तत्काल उद्धार गर्न २४ घण्टा सक्रिय उद्धार संयन्त्र सञ्चालन गरिनेछ। अभियानमा वडा, प्रहरी प्रशासन, मानव सेवा आश्रम, सरकारी तथा गैरसरकारी संस्था र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरिनेछ।’
उद्धारपछि परिवारसँग पुनर्मिलन गराइएका व्यक्तिको अवस्थाबारे नियमित अनुगमन गरिनेछ। परिवार पत्ता नलागेका व्यक्तिका लागि मानव सेवा आश्रममार्फत आवश्यक स्वास्थ्य उपचार, हेरचाह र दीर्घकालीन व्यवस्थापन गरिने उपमहानगरपालिकाले जनाएको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।