अपराध

धरानमा स्कार्पियोबाट ४९९ किलो गाँजा बरामद


धरान: प्रहरीले धरानबाट ४९९ किलो गाँजासहित भारतीय नम्बर प्लेटको स्कार्पियो र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।
मंसिर ५ गते राति करिब साढे ११ बजे भेडेटारबाट धरानतर्फ आउँदै गरेको बीआर ११ वाई ३०३९ नम्बरको स्कार्पियोलाई प्रहरीले धरान–२ भानुचोकमा रोक्न खोजेको थियो। प्रहरीको संकेत बेवास्ता गर्दै गाडी अघि बढेपछि प्रहरीले पछ्याएको थियो।
प्रहरीका अनुसार धरान–८ स्थित सेउती पुलमा पुगेपछि संयुक्त प्रहरी टोलीले स्कार्पियो नियन्त्रणमा लिएको हो। गाडी जाँच गर्दा १६ बोरामा राखिएको ४९९ किलो गाँजा फेला परेको थियो।
प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको गाडीसहित चालक मोरङको विराटनगर महानगरपालिका–१३ झमेली चोकका ३२ वर्षीय अजयकुमार साहलाई नियन्त्रणमा लिएको छ।
बरामद गाँजा, गाडी र चालकलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

अपराध

संञ्चारकर्मी संञ्जीता धमला माथी हर्क साम्पाङ समर्थक महिलाहरुद्वारा आक्रमण

सञ्चारकर्मी संञ्जीता धमला माथी विपी कोईराला विज्ञान प्रतिष्ठान भित्र धरानको मेयर हर्क साम्पाङ समर्थक महिलाहरु द्वारा आक्रमण भएको समाजिक संञ्जाल
अपराध

संचारकर्मी धमला आक्रमणमा संलग्नता रहेको आरोपमा सृजना बेघा पक्राउ

बुधबार  बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा सञ्चारकर्मी सञ्जीता धमला माथी आक्रमण गरेको घटनामा संगलगनता भएको आरोपमा एक जना महिला पक्राउ