शिक्षा

यु एन नवोदय कलेजकी छात्रा युमी राईलाई इन्डो–नेपाल तेक्वान्दोमा दोहोरो स्वर्ण, कलेजद्वारा सम्मान

​धरान: मेची तेक्वान्दो झापाको आयोजनामा सम्पन्न ‘इन्डो–नेपाल तेक्वान्दो च्याम्पियनसिप–२०८३’ मा धरान–१६ स्थित यु एन नवोदय कलेजकी छात्रा युमी राईले दुई वटा स्वर्ण पदक जित्न सफल भएकी छिन्।

​कोशी प्रदेशका मुख्यमन्त्रीद्वारा उद्घाटन गरिएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल र मित्रराष्ट्र भारतका सयौँ खेलाडीहरूको सहभागिता रहेको थियो। कडा प्रतिस्पर्धाका बिच युमीले व्यक्तिगत पुम्सेतर्फ एक र जोडी (पेयर) पुम्सेतर्फ एक गरी कुल दुई वटा स्वर्ण पदक आफ्नो नाममा गरेकी हुन्।

​कलेजका प्रिन्सिपल डम्बर कुमार तुम्बापोले यु एन नवोदयमा अध्ययनरत विद्यार्थीहरू पढाइका साथसाथै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा समेत निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको बताए।

​त्यस्तै, कलेजका जनसम्पर्क अधिकृत राम बहादुर लिम्बूले कलेजमा अनुशासित शैक्षिक वातावरणका साथै विद्यार्थीहरूको रुचि र प्रतिभा अनुसार विभिन्न विधामा प्रोत्साहन र सहयोग पुर्‍याउँदै आएकाले नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा विद्यार्थीहरूले सफलता हासिल गर्न सफल भएको धारणा व्यक्त गरे।

​अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई स्वर्ण पदक जितेर कलेज र देशकै नाम उच्च राख्न सफल भएकी छात्रा युमी राईलाई यु एन नवोदय कलेजले एक विशेष कार्यक्रमको आयोजना गरी भव्य सम्मान तथा बधाई ज्ञापन गरेको छ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई