
धरान : धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले स्मार्ट बसपार्कलाई तत्काल व्यवस्थित गर्न नगरको हाईलक्स गाडी निःशुल्क सञ्चालन गर्ने निर्णय गरेको छ।
बिहीबार धरान–८ सुन्दरबस्तीस्थित स्मार्ट बसपार्कमा स्थानीय बासिन्दा र बस चालकबीच विवाद भई हातहालाहालको अवस्था सिर्जना भएपछि कावा नगर प्रमुख बेघाले स्थानीयलाई १ बजे उपमहानगरपालिका बोलाएका थिए ।
उपमहानगरपालिका परिसर भेला भएका स्थानीयलाई
सम्बोधन गर्दै कावा मेयरले यात्रुको सहजताका लागि तत्काल निःशुल्क नगरले गाडी सञ्चालन गर्ने बताएका हुन्।
बेघाले नगरको गाडीले स्मार्ट बसपार्कदेखि भानुचोक र भानुचोकदेखि स्मार्ट बसपार्कसम्म यात्रुलाई निःशुल्क ओसारपसार गर्नेछ ।
‘तत्काल भोलि देखि नै निःशुल्क नगरको गाडी सञ्चालन हुन्छ,’ बेघाले भने, ‘स्मार्ट बसपार्कदेखि भानुचोक र भानुचोकदेखि बसपार्कसम्म मानिसलाई ओसारपसार गरिनेछ।’साना ठुला गाडी बसपार्कबाटै सञ्चालन हुन्छ्न ।
उनका अनुसार दीर्घकालीन रूपमा बसपार्कलाई व्यवस्थित गर्न उपमहानगरपालिकाले सूचना जारी गरेर ‘सटल बस’ सञ्चालन गर्ने तयारी गरेको छ ।
सटल बस सञ्चालनमा आएपछि भने न्यूनतम शुल्क लिने तयारी गरिएको बेघाले बताए । यद्यपि शुल्क कति निर्धारण गर्ने भन्ने विषयमा अहिले निर्णय भइसकेको छैन ।
यस विषयमा छलफल तथा बैठकपछि सटल बसको शुल्क निर्धारण गरिने उपमहानगरपालिकाले जनाएको छ ।

