Uncategorized

फिनेल प्रकरणमा नयाँ खुलासा: तालाबन्दीपछि बन्यो ‘फिनेल’ ल्याउने योजना

धरान: धरान उपमहानगरपालिकाका सामुदायिक विद्यालय धरान ६ मा रहेको सरस्वती विद्यालयमा ८ महिना देखि सामाजिक शिक्षक र धरान ११ मा रहेको ज्ञानोदय विद्यालयमा नेपाली शिक्षक ३ बर्ष देखि रिक्त रहेको शिक्षक दरबन्दी तत्काल पूर्ति गर्नुपर्ने माग गर्दै बिहिबार बाट विद्यार्थीहरूले गरेको आन्दोलनमा ‘फिनेल प्रकरण’ जोडिएपछि घटना थप विवादित बनेको छ।

विद्यार्थी आन्दोलनमा धरान बाल सञ्जालका अध्यक्ष मानव गदाइली र रोजन शंकरले नेतृत्व गरेको र नेचर क्लबका विज्ञान राई, कृष्ण राई र किरण राईले विद्यार्थीहरूको आन्दोलनमा सहयोग गरेको बाल संजालका अध्यक्षले बताएको छ।

विद्यार्थीको आन्दोलनमा धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्र बिक्रम बेघाले सम्बोधन नगरेको भन्दै बिहिबार बेलुका ६ बजे देखि रोजन शंकर निर्जल भण्डारी सागर तामाङ मुक्साहाङ लिम्बू नगरप्रमुखको कार्यकक्ष अगाडि आमरण अनसन बसेका थिए।

आन्दोलनको दोस्रो दिन शुक्रबार २ बजे आन्दोलनरत विद्यार्थीहरूको माग सम्बोधन गर्दै धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईले सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूलाई रिक्त शिक्षक दरबन्दी पूर्ति गर्ने प्रक्रिया अघि बढाउन परिपत्र गरेका थिए।

तर, रिक्त शिक्षक दरबन्दी पूर्तिको प्रक्रिया अघि बढाउँदा अनशनरत विद्यार्थीलाई छलफलमा सहभागी नगराइएको भन्दै आन्दोलनकारीहरूले प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा तालाबन्दी गरेका थिए। त्यसपछि धरान–६ र धरान–११ का वडा कार्यालयमा समेत तालाबन्दी गर्ने योजना बनेको बताइएको छ। सोही क्रममा धरान ११ र ६ नम्बर वडा कार्यालयमा पनि तालाबन्दी गरिएको थियो।

धरान वडा नम्बर ६ को कार्यालयमा तालाबन्दीपछि फर्कने क्रममा केही व्यक्तिबीच फिनेल खरिद गर्ने र आन्दोलनस्थलमा चकटी ल्याउने विषयमा योजना बनेको दाबी गरिएको छ। धरान बाल सञ्जालका अध्यक्षका अनुसार सञ्जिता धमला, सन्देश तिम्सिना सहितको समुहले योजना बनाएको थियो। उनका अनुसार सागर तामाङको टोलीले पाँच सय रुपैयाँ लिएर चकटी ल्याई आन्दोलनस्थलमा ओछ्याएको बताए।

यसैबीच, फिनेलसम्बन्धी घटनाबारे धरान ६ को वडा कार्यलयमा ताला लगाएर धरान उपमहानगरपालिका आउने क्रममा पानबारी क्षेत्रबाट छुटेपछि फिनेल खरिद गरेर ल्याइएको दाबी गरेको छ। स्रोतका अनुसार उक्त फिनेल खैरो तौलियामा भिजाएर गन्धका लागि मात्र प्रयोग गरिएको थियो। फिनेल वा अन्य पेयपदार्थ के सेवन गरेको मेडिकल रिपोर्ट भने सार्बजनिक भएको छैन।

स्रोतका अनुसार फिनेल सेवन गरेको जस्तो गर्ने तर मोही सेवन गर्ने तौलीमा फिनेल छर्किने र फिनेलको गन्ध आउँछ त्यसपछि फिनेल सेवान गरेको हो भन्ने योजना बनेपछि सौगात बिकले आमरण अनसनरत रोजन शंकर रहेको स्थानमा फिनेल भरेको बट्टा पुर्‍याएका थिए। तर, रोजन शंकरले फिनेल भनिएको पदार्थका रूपमा मोही सेवन गरेको। मोही सेवन गरे पनि बाहिर भने फिनेल सेवन गरेको भनेर प्रचार गर्ने योजना बनेको दाबीसमेत गरिएको छ।

घटनापछि फिनेल भनिएको बट्टा अनेरास्ववियुका विद्यार्थी नेता शेखर रेग्मीले बोतल टिपेर आन्दोलनरत विद्यार्थीलाई दिएर ती विद्यार्थीले बाहिर लगेको सिसि टिभी फुटेजमा देखिन्छ। यद्यपि, बट्टामा वास्तवमै फिनेल थियो वा थिएन तथा त्यसलाई कसले कहाँ राख्यो भन्ने विषयमा आधिकारिक पुष्टि भइसकेको छैन।

शिक्षक दरबन्दी पूर्तिको मागबाट सुरु भएको विद्यार्थी आन्दोलनमा फिनेल सेवनको चर्चा जोडिएपछि घटनाले नयाँ मोड लिएको छ। घटनासँग जोडिएका विद्यार्थी तथा अन्य पक्षको आधिकारिक धारणा र सम्बन्धित निकायबाट हुने छानबिनपछि मात्रै फिनेल प्रकरणको वास्तविकता स्पष्ट हुने देखिन्छ।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा