राजनिती

धरानका २० वटै वडामा कांग्रेसको अधिवेशन सर्वसम्मत, ६०६ क्षेत्रीय प्रतिनिधि चयन

धरान: नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत धरान उपमहानगरपालिकाका २० वटै वडाको अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ।

असोज ४ गते सम्पन्न वडा अधिवेशनबाट धरानका २० वटै वडाबाट कुल ६०६ जना क्षेत्रीय प्रतिनिधिसमेत चयन भएका छन्।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङका अनुसार धरानका २० वटै वडामा क्षेत्रीय प्रतिनिधि सर्वसहमत रूपमा चयन भएका छन्। वडा कार्यसमितिसमेत निर्विरोध निर्वाचित भएको तामाङले बताए।

अधिवेशनबाट वडा नं. १ को सभापतिमा सुमन श्रेष्ठ, वडा नं. २ मा अजय राई, वडा नं. ३ मा धिरज मानन्धर, वडा नं. ४ मा युवराज राई, वडा नं. ५ मा जीवन लिम्बू र वडा नं. ६ मा कृष्णकुमार राई (भुपाल) चयन भएका छन्।

त्यस्तै वडा नं. ७ मा सुवर्ण मोहन पलिखे, वडा नं. ८ मा रण थेवे, वडा नं. ९ मा बचेन्द्र श्रेष्ठ, वडा नं. १० मा युधिर गुरुङ, वडा नं. ११ मा बिक्रम तामाङ, वडा नं. १२ मा राम तामाङ, वडा नं. १३ मा चक्र खड्का र वडा नं. १४ मा कमल भट्टराई सभापति बनेका छन्।

वडा नं. १५ मा श्याम बहादुर राई, वडा नं. १६ मा बालकुमार राई, वडा नं. १७ मा सुरज कार्की, वडा नं. १८ मा सुमेश पोखरेल, वडा नं. १९ मा टंक सुवेदी र वडा नं. २० मा इन्द्र राई सभापतिमा चयन भएका छन्।

धरानका २० वटै वडामा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको हो। वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिले आगामी महाधिवेशनका विभिन्न तहका अधिवेशनमा सहभागिता जनाउनेछन्।

कांग्रेसले तय गरेको कार्यतालिकाअनुसार असोज ७ गते गाउँ–नगर सम्मेलन, असोज १० गते प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन हुने कार्यक्रम रेहेको छ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३