स्वास्थ्य/जिवनशैली

बराहक्षेत्रमा पवित्रा र कृष्णाको सातदिने निराहार भू–तपस्या


धरान: सुनसरीको बराहक्षेत्रमा योगिनी पवित्रादेवी श्रेष्ठ र कृष्णा चौधरी सात दिनसम्म निराहार भू–तपस्यामा बस्ने भएका छन्।
मनोक्रान्ति विश्व परिवारका प्रणेता गुरुदेव डा. योगी विकाशानन्दका शिष्यद्वय पवित्रादेवी र कृष्णाले सात दिनसम्म आहार नखाई बन्द खाडलभित्र बसेर ध्यान तथा तपस्या गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ।
बराहक्षेत्र नगरपालिका–२,पुनर्वासस्थित आदर्श सामुदायिक वनको नवनिर्मित भवन परिसरमा आयोजना हुने भू–तपस्या कार्यक्रम मंसिर ११ गतेदेखि सुरु भई मंसिर १७ गते समापन हुनेछ।
विकाशानन्द फाउण्डेशन विश्वपरिवार कोशी प्रदेश कार्यसमिति र बराहक्षेत्र नगर कार्यसमितिको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको नगर कार्यसमिति अध्यक्ष सपना सिलवालले जानकारी दिइन्।
‘संसार बदल्नु छ, सुरु आफैँबाट गर्नु छ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कार्यक्रममा आध्यात्मिक ध्यान र तपस्यालाई प्राथमिकता दिइने आयोजकले जनाएको छ।
भू–तपस्यामा सहभागी हुने योगिनी श्रेष्ठले आफू सात दिनसम्म निराहार बस्न तयार रहेको बताएकी छन्। इन्द्रियहरूलाई नियन्त्रण गर्दै भित्री क्लेश, राग, द्वेष तथा काम, दोष र षड्रिपुबाट मुक्त हुने उद्देश्यले साधनासँगै भू–तपस्याको अभ्यासमा लागेको उनले बताइन्।
नौ फिटको खाडलमा सात दिनको साधना
भू–तपस्याका लागि लम्बाइ, चौडाइ र उचाइ नौ–नौ फिट भएको खाडल निर्माण गरिएको श्रेष्ठले बताइन्। खाडलको माथिल्लो भागमा तख्ता राखेर माटोले छोप्ने व्यवस्था मिलाइएको उनले जानकारी दिइन्।
उनका अनुसार खाडलभित्र पिसाब निकासका लागि छुट्टै व्यवस्था गरिएको छ। सहभागीलाई दिनमा एकपटक पिसाब निकास गर्ने व्यवस्था र दैनिक एक लिटर पानी उपलब्ध गराइनेछ।
श्रेष्ठले मंसिर १७ गते डा। योगी विकाशानन्दले जुस पिलाएर भू–तपस्या समापन गराउने कार्यक्रम रहेको बताइन्।
निराहार तपस्याका क्रममा स्वास्थ्य सुरक्षाका लागि विकाशानन्द फाउण्डेशनकै स्वास्थ्य टोली खटिने र दैनिक स्वास्थ्य परीक्षण गरिने आयोजकले जनाएको छ। स्वास्थ्य परीक्षणपछि नै भू–तपस्याका लागि सहभागी छनोट गरिएको पनि आयोजकको भनाइ छ।
कार्यक्रमको उद्घाटन मंसिर ११ गते दिउँसो ३ बजे आदर्श सामुदायिक वनको नवनिर्मित भवन परिसरमा गरिने आयोजकले जनाएको छ।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका