शिक्षा

रजत जयन्तीका अवसरमा एम्स एकेडेमीद्धारा २५ छात्रवृत्ति


धरान: एम्स एकेडेमी धरानले कक्षा ११ मा विज्ञान संकायका लागि २५ भन्दा वढी छात्रवृत्ति घोषणा गरेको छ ।
एकेडेमीले २५ वर्ष पुरा गरेको (२५ औं रजत जयन्ती) का अवसरमा छात्रवृत्ति घोषणा गरेको हो ।
कलेजले शैक्षिक सत्र २०८३ का लागि भर्ना मार्फत विभिन्न विधामा छात्रवृत्ति सहित नयाँ कार्यक्रम संचालन गर्न लागेको हो ।
कलेजले नेपाल सरकारको नयाँ शैक्षिक नीति अनुरूप विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष र सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित भर्ना प्रक्रिया अघि बढाएको जनाएको छ।
कलेजले सार्वजनिक गरेको शुल्क विवरण अनुसार कक्षा ११ विज्ञान संकायमा भर्ना शुल्क ६ हजार रुपैयाँ, वार्षिक शुल्क १२ हजार रुपैयाँ, जीवविज्ञान प्रयोगशाला शुल्क ३० हजार रुपैयाँ तथा कम्प्युटर प्रयोगशाला शुल्क ३५ हजार रुपैयाँ निर्धारण गरिएको छ। मासिक शुल्क ५ हजार रुपैयाँ तोकिएको छ भने कक्षा १२ मा मासिक शुल्क ५ हजार ५ सय रुपैयाँ रहने जनाइएको छ।
त्यस्तै, एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विशेष छात्रवृत्ति सुविधा पनि उपलब्ध गराइने भएको छ। ए प्लस ग्रेड प्राप्त विद्यार्थीलाई शतप्रतिशत भर्ना शुल्क छुट र मासिक शुल्कमा ५० प्रतिशत छुट, ए ग्रेडलाई ५० प्रतिशत भर्ना शुल्क तथा २५ प्रतिशत मासिक शुल्क छुट र वि प्लसं ग्रेडलाई २५ प्रतिशत भर्ना शुल्क तथा १० प्रतिशत मासिक शुल्क छुटको व्यवस्था गरिएको कलेजका प्रिन्सिपल सन्तोष कोइरालाले जानकारी दिएकाछन् ।
विद्यालय टपर, एकल महिला, भूमिहीन तथा शिक्षकका छोरा–छोरीलाई समेत अतिरिक्त “एक ग्रेड अप” सुविधा प्रदान गरिनेछ। सरकारी विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीले पनि विशेष सुविधा पाउने व्यवस्था गरिएको छ।
एम्स एकेडेमीले विज्ञान, व्यवस्थापन, शिक्षा, कम्प्युटर साइन्स लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजले अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, स्मार्ट कक्षा तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको जनाएको छ।
कलेज प्रशासनले विद्यार्थीलाई केवल प्रमाण–पत्रमुखी शिक्षा नभई व्यवहारिक ज्ञान, नैतिकता र प्रतिस्पर्धात्मक क्षमता विकासमा केन्द्रित शिक्षण प्रणाली अपनाइएको जनाएको छ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई