शिक्षा

धरानको यु.एन.नवोदय कलेजद्वारा भर्ना आह्वान, उत्कृष्ट विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्तिको घोषणा

धरान: धरानमा होटल म्यानेजमेन्टको ‘पायोनियर कलेज’ युएन कलेज/ नवोदय +२ ले कक्षा-११ मा नयाँ भर्ना आह्वान गरेको छ । भर्नासँगै कलेजले शतप्रतिशत छात्रवृत्तिको घोषणा गरेको छ ।

डेढ दशकभन्दा लामो समयदेखि ‘व्यवहारिक, आत्मनिर्भर र रोजगारमुखी शिक्षा, युएन नवोदयको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सञ्चालित धरानस्थित यु.एन. नवोदय +२ कलेजले आगामी शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा नयाँ भर्ना तथा विशेष छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको हो ।

कलेजले यस वर्ष होटल म्यानेजमेन्टतर्फ १४०, विज्ञान सङ्कायमा ७०, कम्प्युटर साइन्समा ३० र म्यानेजमेन्ट सङ्कायमा ३५ जना विद्यार्थीका लागि भर्ना खुला गरेको छ । ‘पहिलो आउनेलाई प्राथमिकता’ को नीति लिइएको कलेजले जनाएको छ ।

विद्यार्थीका लागि आकर्षक छात्रवृत्तिको घोषणा गर्दै कलेजले एस.ई.ई. परीक्षामा ३.६१ देखि ४.० जी.पी.ए. ल्याउने विद्यार्थीलाई कक्षा ११ मा शतप्रतिशत छात्रवृत्ति दिने जनाएको छ । साथै, विद्यालय टपर र प्रवेश परीक्षा (इन्ट्रान्स) मा उत्कृष्ट हुने विद्यार्थीलाई पूर्ण रूपमा निःशुल्क भर्ना गरिनेछ । यसका अतिरिक्त, खेलकुदका विभिन्न विधामा स्थानीयदेखि राष्ट्रिय स्तरसम्म विजयी खेलाडी, एस.ई.ई. आइडललगायतका प्रतियोगिताका विजेता, र आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि समेत विशेष छात्रवृत्तिको व्यवस्था गरिएको कलेज प्रमुख डम्बर तुम्बापोले जानकारी दिए ।

अत्याधुनिक भौतिक पूर्वाधारमा जोड दिँदै कलेजले यस वर्ष एक करोड रुपैयाँको लगानीमा अत्याधुनिक होटल म्यानेजमेन्ट, विज्ञान र कम्प्युटर प्रयोगशालाहरू थप गरेको छ । सुविधायुक्त कक्षाकोठा, समृद्ध पुस्तकालय, ई-लाइब्रेरी र स्वास्थ्य डेस्कको व्यवस्था रहेको कलेजमा अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । व्यावहारिक शिक्षालाई जोड दिँदै सैद्धान्तिक ज्ञानका साथै प्रोजेक्ट वर्क, इन्टर्नसिप, सीप विकासका तालिम तथा नेतृत्व विकासका विविध कार्यक्रम सञ्चालन गरिने कलेजको दाबी छ ।

देश-विदेशका स्टार होटलहरूमा इन्टर्नसिप र जब प्लेसमेन्टको अवसर, होटल म्यानेजमेन्ट विद्यार्थीका लागि निःशुल्क ल्यापटप, ‘पढ्दै कमाउँदै’ कार्यक्रम, व्यावसायिक केक हाउस र बारिस्ता स्कुलको सुविधा जस्ता विशेषताले आफूलाई धरानको एक मात्र कलेजका रूपमा स्थापित गरेको कलेजले जनाएको छ । कलेजले आफ्ना उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम पनि राखेको छ ।

पत्रकार सम्मेलनमा कलेजका अध्यक्ष त्रिविका एसोसियट प्रोफेसर ज्ञानेश्वर झा, होटल म्यानेजमेन्ट कोर्डिनेटर गगनमान श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई