सहित्य/सिर्जना

सुनसरीका ४ जना पत्रकार सम्मानित, प्रेस स्वतन्त्रता जोगाउन पत्रकार एकजुट हुनुपर्नेमा जोड

सुनसरीका ४ जना पत्रकार सम्मानित, प्रेस स्वतन्त्रता जोगाउन पत्रकार एकजुट हुनुपर्नेमा जोड,
धरान: नेपाल पत्रकार महासङ्घ सुनसरीको १४औँ साधारण सभामा जिल्लाका चार जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
बुधबार ईटहरीमा भएको १४ औं साधारणसभामा अग्रज पत्रकार डम्बरबहादुर थापा स्मृति पत्रकारिता पुरस्कार’बाट कपुरीन्युजकी रश्मि प्रधान सम्मानित भएकी छिन । त्यसैगरी,अग्रज पत्रकार शालिग्राम पाण्डे र मेनुका पाण्डे द्वारा स्थापित ‘चन्द्रलक्ष्मी स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार–२०८३’ बाट पत्रकार शशि कोइराला, ‘प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार’ बाट विवेक भट्टराई, तथा ‘रेवन्त सुवेदी स्मृति पत्रकारिता पुरस्कार’ बाट सुनिल चौधरी सम्मानित भएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले वर्तमान समयको पत्रकारिता चुनौतीपूर्ण अवस्थामा पुगेको बताइन् ।
पछिल्लो समय लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि विभिन्न ढङ्गले प्रहार भइरहेको भन्दै पत्रकारहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याएकी छन् ।
उनले भनिन्, “आजको पत्रकारिता शाहीकालमा भन्दा पनि कठिन मोडमा उभिएको छ ।”
नेपाल पत्रकार महासङ्घ सुनसरीको १४औँ साधारण सभालाई सम्बोधन गर्दै उनले अहिलेको पत्रकारिता शाहीकालभन्दा पनि कठिन मोडमा उभिएको बताइन् ।
उनले संसदीय सुनुवाइ समिति लगायत केही संसदीय समितिहरूमा पत्रकारलाई रिपोर्टिङ गर्न रोक लगाइएकोप्रति आपत्ति जनाउँदै एकाध पत्रकारले आचारसंहिता उल्लङ्घन गरेकै आधारमा सबै सञ्चारकर्मीलाई सूचनाको पहुँचबाट वञ्चित गर्न नहुने धारणा राखिन् ।
उनका अनुसार महासङ्घको शक्ति केन्द्रीय समितिमा मात्र सीमित नभई देशभर फैलिएका शाखा र करिब ९ हजार ५ सय सदस्यमा निहित छ । संघीयताको सबैभन्दा प्रभावकारी अभ्यास महासङ्घले गरेको उल्लेख गर्दै स्थानीय र प्रदेश संरचना बलियो भएकै कारण केन्द्र पनि सशक्त बनेको बताईन ।
लोकतन्त्र र प्रेस स्वतन्त्रता संकुचित हुने संकेत देखिएको भन्दै उनले आवश्यक परे अन्य क्षेत्रसँग सहकार्य गरेर पनि प्रेस स्वतन्त्रताको पक्षमा उभिनुपर्ने बताइन् ।
मिडिया मनिटरिङ रिपोर्ट उद्धृत गर्दै अध्यक्ष शर्माले पछिल्लो एक वर्षमा समाचार लेखेकै कारण पत्रकारहरूको स्वतन्त्रता हनन भएका ११३ घटना दर्ता भएको जानकारी दिइन् ।
पत्रकारमाथि हुने धरपकड,कुटपिट र दुर्व्यवहारमा अझै दण्डहीनता कायम रहेको तथा समाचारकै आधारमा पत्रकारहरू साइबर ब्युरोसम्म धाउनुपर्ने अवस्था सिर्जना भएको उनले बताइन् ।
श्रमजीवी पत्रकारले अझै पनि उचित पारिश्रमिक नपाइरहेको उल्लेख गर्दै तलब नपाएको विषयमा महासङ्घमा ११३ वटा उजुरी परेको र पीडित पत्रकारलाई कानुनी सहायता उपलब्ध गराइरहेको जानकारी दिइन् ।
सरकारी सञ्चारमाध्यम रेडियो नेपाल बाट लामो समयदेखि कार्यरत पत्रकारहरूलाई निष्कासन गरिएको विषयमा महासङ्घले आन्दोलन र वार्ता दुवै प्रक्रिया अघि बढाइरहेको उनले बताइन् ।
सामाजिक सञ्जालमार्फत फैलिने ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ का कारण पत्रकारिताको विश्वसनीयता नै संकटमा परेको भन्दै उनले तथ्यमा आधारित र जिम्मेवार पत्रकारिताको आवश्यकता झन् बढेको धारणा राखिन् ।
अबको आन्दोलन केवल सडक वा भौतिक उपस्थितिमा सीमित नरहने उल्लेख गर्दै उनले वैचारिक र लेखनमार्फत पनि प्रतिरोधको स्वर उठाउनुपर्ने बताइन् ।
संविधान संशोधनको तयारी भइरहेका बेला महासङ्घले आफ्नो सुझाव कार्यदललाई बुझाइसकेको जानकारी दिँदै अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई मौलिक हकका रूपमा अक्षुण्ण राख्नुपर्ने र त्यसमा कुनै पनि प्रतिबन्धात्मक व्यवस्था राख्न नहुने माग गरिएको उनले स्पष्ट पारिन् ।


कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका कावा नगरप्रमुख अईन्द्र विक्रम बेघाले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधार भएकाले पत्रकारको सुरक्षा र अधिकारप्रति आफू प्रतिबद्ध रहेको बताएका छन् ।
उनले पत्रकारहरूलाई प्रदान गरिँदै आएको लोककल्याणकारी विज्ञापन पुनः सञ्चालन, पत्रकार फेलोसिप, सञ्चारकर्मीको हित तथा संरक्षणका विषयमा उपमहानगर गम्भीर रहेको उल्लेख गरे ।
पत्रकारले निर्वाध रूपमा सत्य तथ्य बाहिर ल्याउन पाउनुपर्ने वातावरण निर्माण गर्न स्थानीय सरकार सकारात्मक रहेको बताउँदै उनले सञ्चार क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने धारणा राखे ।
साधारण सभामा पत्रकारितामा योगदान पुर्‍याउँदै आएका सञ्चारकर्मीहरूको भूमिकाको प्रशंसा गर्दै स्वतन्त्र, जिम्मेवार र सिर्जनशील पत्रकारिताको आवश्यकता अझ बढेको धारणा व्यक्त गरिएको थियो ।सभाको अध्यक्षता शाखा अध्यक्ष सन्तोष काफलेले गरेका थिए ।

छुटाउनुभयो कि ?

सहित्य/सिर्जना

अन्तराष्ट्रीय मातृभाषा दिवसको अवसरमा मातृभाषा साहित्य पुरस्कार प्रदान

कोले न्युज: बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक अन्तर्राष्ट्रिय मातृभाषा दिवस धरानमा मनाएका छन। मातृभाषा सेवीहरूलाई राष्ट्रिय पुरस्कार पनि प्रदान