राजनिती

धरान–५ मा सुरेन्द्र लिम्बुको नेतृत्वमा निर्वाचनमा जाने नेपाली कम्युनिष्ट पार्टीको घोषणा


धरान: नेपाली कम्युनिष्ट पार्टी धरान–५ वडा समितिले आगामी स्थानीय तहको निर्वाचनमा सुरेन्द्र लिम्बु पालुङवाको नेतृत्वमा सहभागी हुने घोषणा गरेको छ। आइतबार आयोजित चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीले वडाको विकास र स्थानीयका समस्या समाधानलाई प्राथमिकतामा राख्दै कार्ययोजना सार्वजनिक गरेको हो।
पार्टीले सडक स्तरोन्नति, पुल निर्माण, खानेपानी सुधार, तटबन्धन, सिँचाइ, विद्यालय भवन निर्माण, स्वास्थ्य सेवा तथा कृषि र पर्यटन विकासलाई प्राथमिकतामा राखेको जनाएको छ।
वडाका तत्कालीन तथा दीर्घकालीन आवश्यकता सम्बोधन गर्न संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी विकास निर्माणका काम अघि बढाउने कार्ययोजनामा उल्लेख छ।
त्यस्तै, अव्यवस्थित बसोबासी तथा सुकुम्बासी परिवारको घरजग्गा सुरक्षा र संरक्षणका लागि पहल गर्ने तथा जग्गाधनी पुर्जा वितरणका लागि दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने पार्टीको योजना छ ।
संगठन विस्तारअन्तर्गत टोल कमिटी पुनर्गठन, सदस्यता नवीकरण तथा वितरण र जनवर्गीय संगठनका गतिविधिलाई समेत अघि बढाइने जनाइएको छ।
कार्यक्रममा कोशी प्रदेशकी भौतिक तथा योजना राज्यमन्त्री सपना परियार प्रमुख अतिथिका रूपमा सहभागी थिइन्।
धरानका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघा,पार्टीका केन्द्रीय सदस्य मुक्सुहाङ मेन्याङ्बो र उमिता विश्वकर्मालगायतले शुभकामना मन्तव्य दिएका थिए।
स्थानीय तहको निर्वाचनको औपचारिक मिति घोषणा भर्र्र्इ नसकेको अवस्थामा धरानमा विभिन्न राजनीतिक दलले संगठन विस्तार र जनसम्पर्कका गतिविधि अघि बढाउन थालेका छन्।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३