सहित्य/सिर्जना

अनाम नाट्य जमात २१ वर्षपछि पुनः सक्रिय, ‘देश खोजिरहेछ’असोज २८ मा मञ्चन हुने


धरान: लामो समयपछि पुनः सक्रिय भएको अनाम नाट्य जमातले समसामयिक सामाजिक विषयवस्तुमा आधारित नाटक ‘देश खोजिरहेछ’ मार्फत सामाजिक बेथिति, नागरिकका निराशा र राज्य व्यवस्थामाथिका प्रश्न उठाउने भएको छ।
आइतबार धरानमा आयोजित पत्रकार सम्मेलनमा अनाम नाट्य जमातका अध्यक्ष विजय संयोक सुब्बाले नाटकले किसानका समस्या, युवाका सपना, बेरोजगारी, विदेशिन बाध्य युवाको पीडा, सेवाप्रवाहमा देखिएका समस्या तथा नागरिकमा बढ्दो निराशालाई समेटेको जानकारी दिए।
नाटक ‘देश खोजिरहेछ’ असोज २८ गते बुधबार दिउँसो ४ बजेदेखि धरान–१९ स्थित हरियाली सामुदायिक भवनमा मञ्चन हुने सुब्बाले जानकारी दिए। नाटक हेर्ने संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतिव्यक्ति ३०० रुपैयाँको टिकट व्यवस्था गरिएको उनले बताए।
वि।सं। २०५८ सालदेखि स्थगित भएको जमात २०७९ सालदेखि पुनः सक्रिय भएको हो। पुनः सक्रिय भएसँगै नाटक मञ्चनमा मात्र सीमित नरही सामाजिक विषयमा बहस र संवाद गर्ने माध्यमका रूपमा रङ्गकर्मलाई अघि बढाइएको अध्यक्ष सुब्बाले बताए।
‘देश खोजिरहेछ’ नाटकले समाजमा विद्यमान समस्यालाई प्रस्तुत गर्दै नागरिकलाई आफ्ना प्रश्नको उत्तर खोज्न प्रेरित गर्ने उद्देश्य राखेको उनले बताए। समाजमा अझै धेरै समस्या समाधान हुन बाँकी रहेको र नागरिकका गुनासा तथा निराशा कायम रहेकाले ती विषयलाई नाटकमार्फत उठाउन खोजिएको उनको भनाइ छ।
नाटकको लेखन तथा निर्देशन विजय संयोक सुब्बाले गरेका छन्। नाटकमा शारदा शाक्य, कुलचन्द्र न्यौपाने, कृष्ण तिम्सिना, सुजाता राई, स्वच्छता योगी र सत्कर्म योगीलगायत कलाकारले अभिनय गरेका छन्।
जमातले नाटकमार्फत समाजका यथार्थलाई कलात्मक रूपमा प्रस्तुत गर्दै दर्शकलाई विद्यमान समस्या र तिनको समाधानबारे सोच्न प्रेरित गर्ने जनाएको छ।

छुटाउनुभयो कि ?

सहित्य/सिर्जना

अन्तराष्ट्रीय मातृभाषा दिवसको अवसरमा मातृभाषा साहित्य पुरस्कार प्रदान

कोले न्युज: बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक अन्तर्राष्ट्रिय मातृभाषा दिवस धरानमा मनाएका छन। मातृभाषा सेवीहरूलाई राष्ट्रिय पुरस्कार पनि प्रदान