राजनिती

सरकारसँग सुशासन र भ्रष्टाचार नियन्त्रणको ठोस योजना छैन: उपेन्द्र यादव

धरान: जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान सरकारसँग सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र जनताका आधारभूत समस्या समाधान गर्ने ठोस योजना नै नभएको टिप्पणी गरेका छन्।
मङ्गलबार धरान–१९ स्थित हरियाली सामुदायिक वनको हलमा आयोजित अग्रगामी मोर्चाको कोशी प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले सरकारले सामाजिक सञ्जालमार्फत सुशासन र परिवर्तनका ठूला प्रतिबद्धता गरे पनि व्यवहारमा त्यसअनुसारको काम गर्न नसकेको बताए।
उनले सरकारले भ्रष्टाचार अन्त्य,महँगी नियन्त्रण,गरिबी न्यूनीकरण र बेरोजगारी समस्या समाधानका लागि ठोस कार्यक्रम अघि बढाउन नसकेको आरोप लगाए। जनताले अपेक्षा गरेअनुसार सरकारको काममा परिणाम देखिन नसकेको बताए ।
यादवले वर्तमान सङ्घीयता नाम मात्रको भएको टिप्पणी गर्दै पहिचानमा आधारित र अधिकारसम्पन्न प्रदेशको आवश्यकता औँल्याए। प्रदेशहरू पहिचानका आधारमा गठन भई पर्याप्त अधिकारसम्पन्न भए मात्रै वास्तविक सङ्घीयता स्थापित हुने उनले बताए।
संविधान संशोधनको विषयसमेत राजनीतिक चर्चाबाट हराउँदै गएको भन्दै यादवले यसतर्फ सरकारले ध्यान दिनुपर्ने धारणा राखे।
भारत भ्रमणमा महत्त्वपूर्ण मुद्दा उठेनन्:
यादवले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको सीमा विवाद, व्यापार घाटा र पारवहन सुविधासम्बन्धी महत्त्वपूर्ण विषयमा छलफल हुन नसकेको टिप्पणी गरे।
लिपुलेक, लिम्पियाधुरा र कालापानीको सीमा विवादसहित नेपालले भारतसँग उठाउनुपर्ने विषयमा पर्याप्त गृहकार्य हुनुपर्ने उनको भनाइ थियो।
नयाँ प्रधानमन्त्री नियुक्त भएपछि भारत र चीन भ्रमण गर्ने परम्परा रहेकाले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नौलो विषयका रूपमा लिन नहुने उनले बताए। भ्रमणले दुई देशबीचको मित्रतालाई थप उत्साह प्रदान गरेको उल्लेख गर्दै उनले समग्रमा भ्रमण सकारात्मक रहेको धारणा राखे।
‘भ्रमणलाई राम्रै मान्नुपर्छ। तर सीमा विवाद, नेपालको व्यापार घाटा र भूपरिवेष्ठित राष्ट्रका हैसियतले पाउनुपर्ने सुविधाका विषयमा प्रवेश नै भएन,’ यादवले भने, ‘ती विषय टुङ्गिन सकेको वा अगाडि बढेको भए अझ राम्रो हुन्थ्यो।’
विशेषगरी बङ्गलादेशसँग व्यापार गर्न आवश्यक पारवहन मार्ग र नाकासम्बन्धी विषयलाई पनि भारतसँगको छलफलमा अगाडि बढाउनुपर्ने उनले बताए।
पहिचानवादी शक्तिसँग चुनावी सहकार्यको प्रयास:
यादवले सात राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चा आन्दोलन,निर्वाचन र राजनीतिक सहकार्यका लागि गठन भएको स्पष्ट पारे। सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न चाहने पहिचानवादी शक्तिहरूसँग मोर्चाले सहकार्य गर्ने उनले बताए।
पुराना राजनीतिक दलहरूको औचित्य समाप्त भएको भन्ने भाष्य गलत रहेको उल्लेख गर्दै यादवले राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध सङ्घर्ष गरेर पुराना दलहरूले मुलुकलाई वर्तमान अवस्थासम्म ल्याएको दाबी गरे।
आगामी निर्वाचनमा पहिचानवादी घटकहरूसँग सहकार्य गर्दै एउटै चुनाव चिह्न लिएर अघि बढ्ने प्रयास भइरहेको उनले जानकारी दिए। निर्वाचन आयोगले अनुमति दिने वा नदिने विषय टुङ्गो लाग्न बाँकी रहे पनि मिलेर अघि बढ्ने चाहना रहेको उनको भनाइ थियो।
पार्टी एकताका लागि विचार र सिद्धान्त मिल्नुपर्ने उल्लेख गर्दै उनले तत्कालै एकता सम्भव नभए पनि भविष्यमा एउटै पार्टी बन्ने सम्भावना रहेको बताए।
यसैगरी, पत्रकार तथा सञ्चारमाध्यममाथि भइरहेको धरपकडप्रति असन्तुष्टि जनाउँदै यादवले प्रेस स्वतन्त्रतालाई कुनै पनि बहानामा नियन्त्रण गर्न नहुने बताए। प्रेस स्वतन्त्रता लोकतन्त्रको मूल आधार भएको उल्लेख गर्दै उनले यसको संरक्षण आवश्यक रहेको धारणा राखे।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३