राजनिती

बिपिको ४४ औँ स्मृती दिवशमा कविता प्रतियोगिता सम्पन्न


धरानः नेपाली कांग्रेस सुनसरी क्षेत्र न. १ ले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगितामा पब्लिक हाईस्कुल, धरान १२ की कक्षा ११ मा अध्ययनरत तमन्ना वान्तवा राई प्रथम भएकी छिन् । ४४ औं वी.पी. स्मृति दिवसको अवसरमा धरानमा “वी.पी. र प्रजातन्त्र” शिर्षकमा गरिएको प्रतियोगितामा उनी प्रथम भएकी हुन् । उनले नगद आठहजार पांचसय सहित प्रमाण–पत्र, मेडल र वी.पी.ले लेखेका साहित्यक पुस्तक प्राप्त गरिन् ।
त्यसैगरी विद्या भुषण स्कुल, धरान ८ की कक्षा ११ मा अध्ययनरत अर्पणा लिङ्देन लिम्वु दोश्रो भएकी छिन् । उनले नगद छहजार पांच सय सहित मेडल र वी.पी.ले लेखेका साहित्यक पुस्तक प्राप्त गरिन् । नवोदय विद्या मन्दिर ईङ्लिस स्कुल, धरान १६ की कक्षा ११ मा अध्ययनरत रिदिमा भुजेल तेश्रो भएकी छिन् । उनले नगद चारहजार पांचसय सहित मेडल र वी.पी.ले लेखेका साहित्यक पुस्तक प्राप्त गरिन् । त्यसैगरी श्री जगन्नाथ देवराज जनता माध्यमिक विद्यालय, बराहक्षेत्र ५ का कक्षा १० मा अध्ययनरत विशाल गिरीले सान्तवना स्थान हासिल गरेका छन् । उनले नगद तीनहजार सहित मेडल र वी.पी.ले लेखेका साहित्यक पुस्तक प्राप्त गरेका छन् । उनीहरुले ३०० पूर्णाङ्कमा क्रमशः २०५, १९८, १९० र १८६ अङ्क प्राप्त गरेका थिए । प्रतियोगितामा धरानका २० वटा विद्यालयको सहभागिता रहेको थियो।
नेपाली लेखक संघका पूर्व केन्द्रीय सदस्य डा. गोपाल भण्डारी, पिण्डेश्वर संस्कृत विश्वविद्यालयका सहप्रा.डा. महानन्द तिमिल्सिना र वरिष्ठ पत्रकार एवम् नेपाली लेखक संघ सुनसरीका अध्यक्ष हर्ष सुब्बा रहेको निर्णायक मण्डलले प्रतियोगिताको निर्णय गरेका थिए ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षता तथा प्रदेशसभा १(२) का सचिव विजय घिमिरेको उद्घोषणमा भएको कविता प्रतियोगिता कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ विवश पोखरेल प्रमुख अतिथि थिए भने नेपाली लेखक संघ, कोशी प्रदेशका अध्यक्ष कवि गोकुल अधिकारी विशिष्ट अतिथि रहेका थिए ।

क्षेत्रीय सभापति तामाङले धन्यवाद र बधाई ज्ञापन गर्दै प्रतियोगितामा प्रस्तुत कविताहरु सबै उत्कृष्ट रहेको भन्दै पार्टीले प्रकाशन गर्ने स्मारिकामा प्रस्तुत कविताहरु प्रकाशित गरी संग्रह गर्ने बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल, सरस्वती मा.वि., धरान ६ का शिक्षक कुमार धमला र नेपाली कांग्रेस धरान १ का कार्यवाहक सभापति सुमन श्रेष्ठले समेत कविता प्रस्तुत गरेका थिए ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३