खेलकुद

हिबिस्कस स्कुलद्वारा फुट्सल प्रतियोगितामा विजयी अभिभावकको टिमलाई सम्मान

धरान: धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले फुट्सल प्रतियोगितामा विजयी अभिभावक टोलीलाई बुधबार सम्मान गरेको छ।
स्कुल परिसरमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक गङ्गाराम राई तथा भाइस प्रिन्सिपल विजय सिंह थेबेले विजेता अभिभावकहरूलाई खादा, मेडल र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।

गत असार १३ गते धरान-५ देउरालीस्थित डिडी फुट्सलमा महिला शिक्षक र महिला अभिभावकबीच सम्पन्न मैत्रीपूर्ण फुट्सल प्रतियोगितामा अभिभावक टोलीले शिक्षक टोलीलाई ५–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो।
कार्यक्रममा प्रबन्ध निर्देशक राईले शिक्षक र अभिभावकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने, आपसी सहकार्य बढाउने तथा शारीरिक तन्दुरुस्तीप्रति प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए।
सम्मानित अभिभावकहरूले पनि प्रतियोगितामार्फत शिक्षकहरूसँग नजिकिने, घुलमिल हुने र खुसीयालीका साथ समय बिताउने अवसर मिलेको भन्दै यस्ता कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक